Comments Add Comment

कप्तान विराजले बनाए सर्वाधिक खेलको कीर्तिमान

२० भदौ, ढाका बंगलादेश । कप्तान विराज महर्जनले नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानसँगको खेलको ८४ औं मिनेटमा मैदानमा छिर्दै उनले ६९ क्याप जित्दै नेपाली फुटबलमा कीर्तिमान कायम गरेका हुन् । उनी दिनेश राजवंशीको स्थानमा मैदानमा छिरेका थिए ।

पाकिस्तानसँगकै खेलबाट विराजले राजुकाजी शाक्यले बनाएका ६८ क्यापको कीर्तिमान बराबरी गरेका थिए भने बिहीबार भुटानसँगको खेलबाट राजुलाई उछिनेका हुन् ।

विराज एन्फा एकेडेमीका दोस्रो ब्याजका खेलाडी हुन् । विभिन्न उमेर समूह पार गर्दै सन् २००८ सालमा राष्ट्रिय टिमबाट डेब्यु गरेका विराज अहिलेसम्म नेपाली फुटबलमा सक्रिय छन् । २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको खेलमा अन्जन केसीको स्थानमा खेलको ८९ औं मिनेटमा मैदानमा छिर्दै डेब्यु गरेका थिए । जुन खेलमा नेपालले पाकिस्तानलाई २-१ ले पराजित गरेको थियो ।

विराजले सन् २००९ मार्च २८ मा दशरथ रंगशालामा भएको खेलमा ७७ सेकेन्डमा गोल गरेका थिए ।

विराज महर्जन नेपाली फुटबलका सफल कप्तान हुन् । उनकै कप्तानीमा नेपालले ३ वटा महत्वपूर्ण प्रतियोगिताको उपाधि उचालेको छ । बंगबन्धु गोल्डकपको उपाधि दिलाएका विराजले सन् २०१६ मा साग गेम्समा नेपाललाई स्वर्ण पदक जिताएका थिए ।

त्यस्तै, नेपालले एएफ्सी सोलिडारिटी कपको उपाधि जित्दा पनि विराज कप्तानकै भूमिकामा थिए । २०१५ मा भारतमा सम्पन्न साफ च्याम्पियनसिपदेखि नेपालको कप्तानी सम्हालेका विराजले आफ्नै कप्तानीमा १५ खेल खेलेका छन् ।

यो पनि पढ्नुहोस्

भुटानविरुद्ध नेपालको शानदार जित, सुनील बल चम्किए

भुटानविरुद्धको जितमा मेरो योजना काम लाग्यो : प्रशिक्षक बालगोपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment