२४ भदौ, इलाम । इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ ।
इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो ।
पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र निष्क्रिय गर्ने काम भइरहेको बताइएको छ ।
गस्ती गर्ने क्रममा शङ्कास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4