२५ भदौ, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली एटीएम कार्ड बनाउने गिरोहका ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३ जना भारतीय र दुई जना नेपाली नागरिक छन् । पक्राउ पर्नेहरूमा जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम लगायत छन् ।
परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार उनीहरुमध्ये भारतीय नागरिकलाई ठमेलस्थित एक होटलबाट र दुई नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट नक्कली एटीएम बनाउन प्रयोग हुने मेसिन समेत बरामद भएको जनाइएको छ ।
पक्राउ परेकाहरुमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4