२५ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा राजनीतिकरण नभएको दाबी गरेका छन् ।
सोमबार संसदीय सुनुवाईका क्रममा सांसदहरुले मिश्रसँग अदालतमा राजनीतिक प्रभाव भए नभएको सोधेका थिए ।
मिश्रले आफूले त्यस्तो महसुस नगरेको बताए । भने, ‘म पनि ०४६/४७ सालदेखि न्यायाधीश छु । तर, आजसम्म कहीँ कुनै प्रकारले मैले महसुस गरेको छैन ।’
‘न्याय परिषद्मा असर पर्छ कि भन्ने कुरा उठ्न गरेको छ । तर, एक पटक भित्र आइसकेपछि जस्तो सुकै होस्, आग्रह पूर्वाग्रहमा लागेको किन नहोस्, काम गर्दा पक्षपोषण गर्न सक्दैन । हामी कहाँ कानुन हुन्छ, नजिर हुन्छ, खुला बहस हुन्छ ।’
कथम कदाचित राजनीतिक प्रभावका आधारमा फैसला गरे सजाय गर्ने व्यवस्था रहेको उनले बताए । उनले भने, यसमा सम्वन्धित निकाय सचेत हुन जरुरी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4