तुषार कपूर बलिउड अभिनेता हुन् भनेर त चिनाइरहनु पर्दैन । तर, उनी सिंगल फादर पनि हुन् । सिंगल फादर अर्थात अविवाहित पिता । विवाह नगरी तुषार छोरोको पिता बने । सरोगेसी वा भाडाको कोख लिएर उनले छोरो जन्माएका हुन् । तुषारले छोरोको नाम राखिदिएका छन्, लक्ष्य ।
त्यसो त अहिले सेरोगेसी माता-पिता बन्ने क्रम बढ्दो छ । बलिउडकै निर्देशक, निर्माता करण जौहरले पनि यस्तै माध्याम अपनाएर दुई सन्तानका पिता बनेका छन् । उनी अविवाहित हुन् । त्यस्तै, शाहरुख खानले श्रीमती भएपनि कान्छो छोरो भाडाको कोखबाट जन्माएका हुन् । आमिर खानले पनि त्यसै गरे ।
कानुनी, प्राविधिक र समाजिक सबै रुपमा अहिले सिंगल पिता वा माता बन्न सकिन्छ । यदी विवाहमा रुची नभए वा अविवाहित रहेर पनि माता-पिता बन्न सकिन्छ ।
प्रसंग तुषारको हो । उनी पनि यसैगरी सिंगल फादर बनेका छन् । तुषार पछिल्लो समय त्यती लाइमलाइटमा छैनन् । त्यसैले कतिपयले उनलाई नचिन्न पनि सक्छन् । उनी अभिनेता जितेन्द्रका छोरो तथा बालाजी फिल्म्स्की हर्ताकर्ता एकता कपूरकी भाई हुन् ।
क्या दिल ने कहा, क्या कुल है हम, ढोल, गोलमाल रिर्टन्स, डर्टी पिक्चर, ये दिल जस्ता दर्जनो फिल्ममा अभिनय गरिसकेका छन् । पछिल्लो समय भने उनी केही सुस्ताएका छन् ।
तुषारले विवाह नगरी बच्चा जन्माए । भाडामा कोख लिएर तुषार बच्चाका पिता बनिरहँदा त्यसले बलिउडमा सानोतिनो तरंग पैदा गरेको थियो । किनभने तुषार पिता बनेको खबर बलिउडका लागि एकदमै अप्रत्यासित थियो । बच्चाका पिता भइसकेपछि तुषारले खुसी व्यक्त गर्दै भनेका थिए, ‘पिता बनेर म एकदम उत्साहित छु । पिता बन्ने इच्छाले लामो समयदेखि मेरो हृदयलाई उथलपुथल बनाइरहेको थियो । लक्ष्य नै मेरो जिन्दगीको सबैभन्दा ठूलो खुसी लिएर आएको छ । भगवान र दक्ष मेडिकल टिमको प्रयास एवं कृपाले म सिंगल फादर बन्न सफल भएको छु ।’
आमा बिनाका छोरो हुर्काइरहेका तुषार एक यस्ता उदाहरण हुनसक्छन्, जसले पिताको रुपमा बच्चालाई आमाको अभाव पनि टार्न सक्छन् । यहाँ उनै तुषारले छोरोलाई कसरी अभिभावकत्व दिइरहेको छु भन्ने कुरा उल्लेख गरेका छन् । तुसारले आफ्ना छोरोको नाम ‘लक्ष्य’ राखेका छन् ।
तुषारको अनुभूति
मेरो जिन्दगीको सबैभन्दा सुन्दर क्षण त्यस दिन थियो, जब लक्ष्य मेरो अंगालोमा बेरिन आइपुगे । जुन दिन लक्ष्य मेरो घरभित्र प्रवेश गर्दै थियो, त्यसबेला घरका सबै कुरा एकदम आकर्षक र लोभलाग्दो देखिदै थियो ।
जसै लक्ष्य मेरो घरमा आइपुग्यो, मैले आफुलाई थप जिम्मेवार र धैर्यवान महसुष गर्न थाले । मेरो व्यस्तता पनि बढ्न थाल्यो । अब म सुटिङ गरौं वा नगरौं, तर म व्यस्त रहनेछु । र, यो व्यस्ततामा पनि एक अद्भूत आनन्द अनुभव गरिरहेको छु । मलाई लाग्छ कि, मैलें जिन्दगीको हरक्षण भरपुर जिउन सिकेको छु ।
जब लक्ष्य स्कुल जान थाले
केही महिनादेखि लक्ष्य प्ले स्कुल जान सुरु गरेका छन् । र, हरेक विहान ९ बजे म उसलाई स्कुलसम्म पुर्याउन गइरहेको छु । जब ११ बजे जिमबाट र्फकन्छु, त्यही समय उनलाई स्कुलबाट पनि लिएर र्फकन्छु ।
घरमा आएपछि ११ देखि १ बजेसम्मको समय हामी दुबै एकसाथ बिताउने गर्छौं । त्यसपछि १ बजे म अफिस जान्छु । घर र्फकदा करिब चार बजेको हुन्छ । त्यसपछिको सम्पूर्ण समय म लक्ष्यसँग बिताउँछु । म उनीसँग खेल्छु ।
लक्ष्य आउटडोर गतिविधिमा बढी रमाउँछ । त्यसका लागि कहीले प्ले एरिया त कहिले पार्कमा लिएर जाने गर्छु । यदी दुबैजना बाहिर जान पाएनौ भने घरमै मस्ती गरेर बस्छौं । खुब खेल्छौं । राती लक्ष्य सुत्नुअघि उनीसँग कुराकानी गर्छु । जब ऊ सुत्छ, त्यसपछि मेरो जिन्दगी सुरु हुन्छ ।
अर्थात म किताब पढ्छु । जरुरी इमेल्स गर्छु । अर्थात कुनै जरुरी काम भए त्यो पुरा गर्नतिर लाग्छु ।
सिंगल फादरको च्यालेन्ज ?
अक्सर मलाई सोधिन्छ कि, सिंगल फादरले कुन किसिमको चुनौती मोल्नुपर्छ ?
तर, मलाई चुनौती जस्तो केहीपनि लाग्दैन । यदी तपाईं सानोतिनो कुरामा तनाव लिनुहुन्न, सकारात्मक रहनुहुन्छ भने कुनैपनि कुराले तपाईंमा छटपटी हुनेछैन । सताउने छैन ।
निश्चय पनि, सिंगल फादर हुनुको नाताले समय व्यवस्थापनमा केही गाह्रो हुनसक्छ । त्यसैले सिंगल फादरसँग समय व्यवस्थापन गर्ने क्षमता जोडदार हुन आवश्यक छ ।
जहाँसम्म लक्ष्यलाई सम्हाल्ने कुरा छ, उ एकदम खुसी र मित्रवत् छ । त्यसैले उसलाई सम्हाल्नका लागि अतिरिक्त दुख झेल्नुपर्ने छैन । कुनै चुनौती मोल्नुपर्ने छैन । समस्या भनेको उसलाई कपाल कटाउदाको हो । कपाल त काट्नैपर्ने हुन्छ, त्यसमा दुख मानेर पनि केही फाइदा छैन ।
कहिले काहीँ यस्तो पनि हुन्छ, बच्चाले सहज महसुष गर्दैनन् । उसले असहज मानिरहेको हुन्छ । सुत्न, खानमा रुची देखाउँदैन । यस्तो समयमा उसलाई अलग अलग तरिकाले शान्त गर्नुपर्छ । सम्झाउनुपर्छ । खासगरी प्ले एरिया बन्द हुँदा, ट्राफिक जाममा फस्दा पनि उनीहरु बेचैनी हुन्छन् । उनीहरु अपरिपक्क हुने भएकाले यस्ता कुराहरु बुझ्दैनन् । त्यसैले हामीले यी कुराहरुमा पनि उनीहरुलाई विस्तारै अभ्यस्त गराउनुपर्छ ।
अभिभावकत्व निर्वाह गर्नु हाम्रो कर्तव्य हो । दायित्व हो । यो चुनौती होइन । बच्चालाई कसरी खुसीपूर्वक हुर्काउने भन्ने हाम्रो कलामा निर्भर गर्ने कुरा हो । अभिभावकसँग बच्चालाई सधै खुसी दिने विशेष खुवी एवं कला हुनुपर्छ । जब बच्चा खुसी हुन्छन्, त्यसले हामीलाई पनि खुसी दिलाउँछ ।
प्रतिक्रिया 4