+
+
Shares

निर्मला पन्त हत्या प्रकरण : दिलिप विष्टसँगै बम दिदीबहिनी छुटे

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २६ गते २०:३५

२६ भदौ, कञ्चनपुर । निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेका छन् । अनुसन्धानका लागि पक्राउ परेका रोशनी र बबिता बम दिदीबहिनी पनि मंगलबार नै छुटेका छन् ।

उनीहरुलाई प्रहरीले जिल्ला सरकारी वकिलको सहमतिमा हाजिर जमानी र धरौटीमा रिहा गरेको हो । प्रहरीले निर्मला पन्त हत्याका मुख्य अभियुक्त भनी पक्राउ गरेको दिलिप सिंह विष्ट र  रोशनी बमलाई हाजिर जमानीमा छाडेको हो भने बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले बताए ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७२ को दफा १५ अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई धरौट वा जमानत लिई वा उसलाई अभिभावकको जिम्मामा हाजिर जमानीमा छोड्न सक्ने व्यवस्था छ ।

त्यसै व्यवस्था अनुसार प्रहरीले निर्मला हत्याको अनुसन्धानमा पक्राउ परेका विष्ट र बम दिदीबहिनीलाई रिहा गरेको हो ।

साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएन ।

आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिर्वतन गरेपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?