Comments Add Comment

सुनकाण्डमा उच्च अदालतद्वारा जिल्ला अदालतको आदेश सदर

२६ भदौ, काठमाडौं । उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउन माग गर्दै पुनरावेदन पुगेका एक अभियुक्तको फैसला भएको छ ।

उच्च अदालत, बिराटनगरले एयरलाइन्सका कर्मचारी तुलाराम थारुको मुद्दामा फैसला गर्दै जिल्ला अदालतको आदेशलाई नै सदर गर्ने आदेश दिएको हो ।

अदालतको दुई नं. इजलासमा न्यायाधिश नगेन्द्रलाल कर्ण र ऋषिराम दवाडीले मंगलबार जिल्ला अदालतको फैसलालाई नै सदर गर्ने आदेश दिएको अदालतले जनाएको छ ।

सोही मुद्दामा ११ जनाको पेशी स्थगित भएका छन् । पूर्व डिआईजी गोन्विन्द निरौला, एसपी विकास खनाल, डिएसपी प्रजित केसी, सञ्जय राउतसहित एलबी मगर, बालकृष्ण श्रेष्ठ, गोपाल कृष्ण श्रेष्ठ, भुजुङ, प्रजित केसी, दोरम खत्री, माधव भनिने मदनप्रसाद ढुंगेल र आरके भनिने राजेन्द्र शाक्यको पेशी स्थगित भएको हो ।

त्यस्तै, अर्का अभियुक्त निलम्बित एसएसपी दिवेश लोहोनीको हकमा भने नातेदारभित्र पर्ने भएको भनेर हेर्न नमिल्ने भन्दै पेशी स्थगित गरिएको छ । यसअघि सोमबार पनि १० जना अभियुक्तको पेशी स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment