1. ताजा अपडेट
Comments Add Comment
user 1
२०७५ भदौ २९ गते ९:५३
Nispachya anusandhan hos
Santosh kc
२०७५ भदौ २८ गते २२:३०
Wow what a country.....for justice we have to bargain.....wa vane chaie prajtantra ani gantantra k ko ganatantra....pradha mantri lai raja maneko jasto manna parne ani police ko xora xori le j gare pani paune.....hamro tax maa ultai hami maathi nai raaj....aaba aati vayo Nepali janata haru chupo lagera basnu hudaina....ali bibek sil hunu paryo nepali daju vai haru.
Rajiv Kaphle
२०७५ भदौ २८ गते १८:००
There is a only way to catch the criminal that is a forensic science and honesty on the investigator, why don't investigator track the phone number of suspects. This is really very easy case to crack down. Please do mercy on a little girl.
जिग्री आले
२०७५ भदौ २८ गते १०:१२
र्गादेवीको प्रश्न- यति धेरै साथ पाउँदा त न्याय पाइँदैन, साथ नपाउनेलाई कस्तो होला ?' गरिवको भोटले जितेर सरकार वनेको छ तर सरकार गरिवको नरही कुलिनको सरकार हो यो । प्रचण्डको घरबेटी, दुर्गा प्रसाई जस्ता धनाडय कुलिनहरुको चिन्ता छ सरकारलाई निर्मला जस्ता अवोध गरिवको छोरीको चिन्ता गर्ने फुर्सद छैन सरकारलाई । निर्मलाका वावु आमा थाकेर फर्कीन्छन। र कथा सकिन्छ।
bishwas
२०७५ भदौ २७ गते २१:१७
Get the phone records of suspected individuals, tap the messages, lie detector test are common methods to find the conviction
Nirjal Sharma
२०७५ भदौ २७ गते २०:२८
। प्रहरीलाई फोन गरिन् । प्रहरीले भन्यो, ‘आज राति भयो, भोलि खोजौंला ।’ dherai thauma Nepal police le Bhanne yastai ho .. aafulai paisa aaune chha vane tu aaihalchhan natra yestai ho NEPAL POLICE K ko aadharma POLICE Lai Biswas Garne ho.. Uahi Talab khane Basne ho Yin ko Kam..

निर्मला पन्तले न्याय नपाएको यो तीज !

दुर्गादेवीको प्रश्न- यति धेरै साथ पाउँदा त न्याय पाइँदैन, साथ नपाउनेलाई कस्तो होला ?'

२७ भदौ काठमाडौं । सर्वत्र तीजको रमझम । काठमाडौंका चोक र गल्लीमा गीत घन्किइरहेको थियो । अरुका छोरीचेली सडकमा निस्केर छमछम नाचिरहेका थिए । तर, अनामनगरमा निर्मला पन्तका बुबा र आमा रुमालले आँशु पुछ्दै थिए ।

आज तीजको दिन । छोरी निर्मला पन्त काखबाट लुटिएको डेढ महिना बित्यो । तर, खोई अपराधी ? खोई कारबाही ? अहिलेसम्म अत्तोपत्तो छैन । पन्त परिवारलाई यस वर्ष तीज आएको, नआएको केही पत्तै भएन ।

एकातिर छोरी गुमाउनुको पीडा, अर्कोतिर टाँढिदै गएको न्याय । ‘न्याय नपाए गोर्खा जानु’ भन्थे । अब त न्याय खोज्ने ठाउँ पनि छैन । जहाँ पुग्यो, त्यही संशयले घेरा हाल्छ । पन्त दम्पतीलाई कम्ता सास्ती छैन । तैपनि छोरीको खातिर लड्नुपरेको छ । जिउँदै पटक-पटक मर्नुपरेको छ ।

छोरी निर्मला पन्तको निर्जीव शरीर देखेको क्षणदेखि नै उनीहरु बेचैनीले घेरिएका छन् । खाने, सुत्नेको कुनै टुंगो छैन । छोरीको हत्यारा पत्ता लगाएर सजाय नदिलाएसम्म यी आमाबुबाको मनको जलन कसरी शान्त होस् ?

जति-जति दिनहरु लम्बिँदै जान्छन्, उनीहरुको छटपटी बढ्दै जान्छ । त्यही छटपटी, पीडा र वेदनाले थिलथिलो भएको ज्यान लिएर काठमाडौं आएका उनीहरु भन्छन्, ‘छोरीले न्याय नपाएसम्म घर फर्कदैनौं ।’

पन्त दम्पतीका दुई जोर फिका आँखा यही रंगीन महानगरमा मृतक छोरीका निम्ति न्याय खोजिरहेका छन् । त्यसैका निम्ति त हो, कञ्चनपुरबाट उनीहरु काठमाडौं हिँडेका । ठाउँ-ठाउँको पहिरो र जाम छिचोल्दै तीन दिनमा महानगर टेकेका छन्यी दम्पतीले ।

बुधबार अनामनगरको एउटा सभाहलमा निर्मलाका बुबा र आमा सन्तापले जलेको शरीर लिएर पत्रकारसामु उपस्थित भए ।

आमा दुर्गादेवी र बुबा यज्ञराज पन्त थपक्क कुर्सीमा बसेका थिए । अघिल्तिरबाट सञ्चारकर्मीले घेरा हाले । पछिल्तिर उनीहरुकै साथमा आएका अधिकारकर्मी उभिएका थिए ।

उनीहरुका भासिएका गहिरा आँखाहरु ओसिला देखिन्थे । अनुहार थकित थियो । हप्तौदेखि ती अनुहारबाट खुसीको रंग लुटिएको प्रष्टै बुझ्न सकिन्थ्यो । कति उदास, कति विक्षिप्त !

त्यतिका दिनसम्म कति लडे होलान् न्यायको लडाइँ । कति कराए होलान्, कति उफ्रिए होलान् । कराउँदा कराउँदै आवाज भासियो ।

उफ्रिदा उफ्रिदै ताकत निख्रियो  रुँदा-रुँदै आँखा भासिए । तर, यी निरीह दम्पतीले अहिलेसम्म न्याय पाएनन् । न्यायका निम्ति कहाँ-कहाँ भौंतारिए उनीहरु ? कति चोटपटक सहे । कति आरोप-प्रत्यारोप झेले । तर, न्याय साह्रै महंगो !

ठेलामा चटपटे बेचेर गुजारा चलाउने पन्त दम्पतीले घाँटी सुक्नेगरी कराए पनि कसैले ठाडो कान गरेनन् । भीमदत्त नगरपालिकाका स्थानीयवासीले भने उनीहरुसँग दहि्रलो हातेमालो गरे । हत्यारा पत्ता लगाउन दवाब दिँदै सडकमा उत्रिए । तर, उल्टै उनीहरुमाथि दमन गरियो । लाठी, गोली बर्साइयो । त्यसै क्रममा अर्को एक दम्पतीले छोरो गुमाउनुपर्‍यो । कतिका छोराछोरी अस्पतालका शैयामा छटपटाइरहेका छन् अझै पनि ।

निर्मलाका परिवारलाई सञ्चार माध्यमले साथ दिएका छन् । सारा समाज उर्लिएको छ निर्मलाको पक्षमा । देश-विदेशबाट दबाव आइरहेका छन् । तर, न्यायदाताले टेरपुच्छर लगाएका छैनन् । अनेकन नाटक मञ्चन भइरहेको छ सिंहदरबारमा ।

‘यति धेरै साथ पाउँदा त न्याय पाइँदैन’ निर्मलाकी आमा दुर्गादेवीले सञ्चारकर्मीमाझ गुनासो पोखिन्, ‘साथ नपाउनेहरुको अवस्था कस्तो होला ?’
छोरी त्यसदिन आफूसँगै थिई । विद्यालय विदा थियो । छोरीलाई चटपटे दोकानमा छाडेर उनी किनमेलका लागि बाहिर गइन् । र्फकदाँ छोरी घरमा थिइनन् । साँझ पर्‍यो, छोरी फर्किइनन् । त्यसअघि निर्मला त्यसरी हराएकै थिइनन् ।

मनमा चिसो पस्यो । कान्छी छोरीले भनिन्, ‘रोशनी दिदीले बोलाएर त्यतै गएकी छिन् । चटपटेको पैसा लिन बाँकी छ, नोटबुक पनि ल्याउनु छ ।’

आमा दुर्गादेवी साँझमा रोशनी बम बस्ने घरको गेट अघिल्तिर पुगिन् । ‘निर्मला खोइ’ भनिन् । निर्मला दिउँसै घर फर्किएको जवाफ आयो । तर, छोरी त्यहाँबाट काहाँ जान्छे ? जाने ठाउँ थिएन । दुर्गादेवीले उनै रोशनीलाई केरकार गरिन् । रोशनीकी दिदी बबिता झर्किँदै आइन् र हप्काइन्, ‘तिम्री छोरी पोइल गइन् होला, त्यतै खोज । यहाँ आउने होइन ।’

दुर्गादेवी घर फर्किइन् । छोरीको अत्तोपत्तो थिएन । प्रहरीलाई फोन गरिन् । प्रहरीले भन्यो, ‘आज राति भयो, भोलि खोजौंला ।’

यसरी न्यायको आशा गरिएकाबाटै निराशा हात लाग्यो । र, त्यो उपक्रम आजसम्म जारी छ । न्याय कहिले पाउने ? थाहा छैन । तर, जबसम्म न्याय पाइँदैन, तबसम्म उनीहरु थाक्ने छैनन् । ‘न्याय नपाएसम्म हामी र्फकंदैनौं’ यसो भनिरहँदा निर्मलाका बुबा यज्ञराज रुमालले आँशु पुछिरहेका थिए ।

यो पनि पढ्नुहोस् 

निर्मला हत्याकाण्डमा नयाँ टि्वस्ट: लटरपटर वयान गर्दै केसीको राजीनामा फिर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1%

खुसी

34%

दुःखी

1%

अचम्मित

1%

उत्साहित

63%

आक्रोशित

ट्रेन्डिङ

Advertisment