Comments Add Comment

सुटिङ सेटमा ढिलो आउने सलमानको बानीले प्रियंकाले छाडिन् ‘भारत’

बलिउडका सुपरस्टार नायक सलमान खान यतिबेला नायिका प्रियंका चोपडासँग क्रुद्ध छन् । साइन गरिसकेको चलचित्र ‘भारत’ चोपडाले अन्तिम समयमा आएर छाडेपछि सलमानले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

चोपडाले आफ्ना प्रेमीसँगको इन्गेजेमन्ट र हलिउड चलचित्रका कारण सलमानलाई धोका दिएको खबर पनि आइरहेका छन् । तर, यस बिषयमा नायिका प्रियंका चोपडाको तर्क भने अर्कै छ ।

चोपडा निकटले भारतीय मिडियालाई बताएअनुसार, उनले जब यो चलचित्रमा नायिका दिशा पटानी र तब्बुको इन्ट्री भयो त्यसपछि काम नगर्ने मनस्थिती बनाएकी हुन् । सुरुवातमा चलचित्रमा प्रियंका र सलमानको मात्र भूमिका थियो । तर, पछि दिशा र तब्बुको पनि भूमिका थपिएपछि उनी काम नगर्ने मनस्थितीमा पुगेकी हुन् । अर्कोतिर, नायिका चोपडा नायक खानको छायांकन स्थलमा ढिलो आउने बानीबाट हैरान थिइन् ।

उनले, सलमानको यो बानी लामो समयसम्म झेल्न नसक्ने अवस्था देखेर चलचित्र छाडेको बताइन्छ । हलिउड चलचित्रमा काम गरेपछि पि्रयंका समयको पक्का बनेकी छिन् । अहिले सलमानले चलचित्रमा कट्रिना कैफलाई राखेर काम गरिरहेका छन् । प्रियंका भने एक हलिउड चलचित्रमा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment