+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

महिन्द्रा ट्रयाक्टरको उत्सव योजनाः डेढ लाखसम्मको पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते १९:५४

१ असोज, काठमाडौं । महिन्द्रा अटोमोबाइल्स तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले दसैं, तिहार तथा छठको अवसरमा उत्सव योजना ल्याएको छ।

‘चार्डपर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’ भन्ने नारासहित कम्पनीले यो योजना ल्याएको हो।

यस योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टरका कुनै पनि ग्राहकले निश्चित उपहार स्वरुप ४३ इन्चको एलइडि टिभी लिन सक्नेछन्। वा यसको सट्टामा स्क्र्याच कुपन लिई उक्त स्क्र्याच मार्फत् डेढ लाखसम्म नगद पुरस्कार जित्न सक्नेछन्।

साथै बम्पर उपहारमा लक्की ड्र मार्फत ११० सिसीको महिन्द्रा सेन्चुरो मोटरसाइकल दिइने कम्पनीले जनाएको छ। ‘ग्राहकको भावनालाई आत्मसाथ गर्दै चाडपर्वलाई अझ रमाइलो बनाउन र सम्वन्ध बलियो बनाउन यो योजना प्रस्तुत गरेका छौँ’ अग्नि ग्रुपका (ट्रयाक्टर समूह अन्तर्गतका) डिजिएम प्रकाश मान शाक्यले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?