३ असोज, काठमाडौं । दुई कम्पनीहरुको १५ करोड ७० लाख रुपैयाँ भन्दा बढीको साधारण सेयर (आईपीओ) आउने भएको छ । शुभम् पावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीको १५ लाख ७० हजार बढी कित्ता आइपीओ आउने भएको हो ।
यस अघि शुभमले आयोजना प्रभावितका लागि आईपीओ वितरण गरिसकेको छ भने हिमालयलाई नेपाल धितोपत्र बोर्डले मंगलबार आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । शुभम्ले स्थानीय आयोजना प्रभावितले खरिद नगरेको १ लाख ८० हजार कित्तासहित ५ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमित माग गरेको छ ।
कम्पनीले यसअघि जेठ २० देखि असार २४ गतेसम्म संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि २ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आइपीओ १९ हजार ४२० कित्ताका लागि मात्र स्थानीयले आवेदन दिएका थिए ।
यसैगरी हिमालयले पहिलो चरणमा आयोजित प्रभावित स्थानीयको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो ।
कम्पनीले उपल्लो र अप्पर खिम्ती-२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकसहितको टोलिले लगानी गर्नेछन् ।
प्रतिक्रिया 4