Comments Add Comment

एक वर्षको तलव कटाएर एम्बुलेन्स किन्ने गाउँपालिका अध्यक्षको घोषणा

३ असोज, कालीकोट । यहाँको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नो एक वर्षको तलब नलिने घोषणा गरेका छन् । आफ्नो एक वर्षको तलव र अन्यसंघसंस्थाको सहयोगमा गाउँपालकाका लागि एम्बुलेन्स किन्ने घोषणा अध्यक्ष बमले गरेका हुन् ।

तलब र संघसंस्थाबाट अाएको रकमले एम्बुलेन्स खरिद गर्न अपुग भएको र बाँकी रकमसमेत आफैले सहयोग गर्ने अध्यक्ष बमले घोषणा गरे ।

विभिन्न संघसंस्था र गाउँपालिकाबाट छुट्याइएको तीन लाख ७८ हजार ७ सय १५ रुपैयाँ छ । प्रदेश सरकारले गाउँपालिका अध्यक्षका लागि तोकेको मासिक पारिश्रमिक तीस हजारका दरले १६ मैनाको चार लाख ८० हजार हुन्छ । यो सहित जम्मा ८ लाख ५८ हजार ७१५ रुपैयाँ जम्मा हुने अध्यक्ष बमले जानकारी दिए । र, बाँकी अपुग रकम पनि आफैले सहयोग गरी एम्बुलेन्स खरिद गरिने उनले बताए ।

यसअघि यो गाउँपालिकाले श्रम दल गठन गरी गाउँपालिका भित्रका युवाहरूलार्इ रोजगार दिएको थियो भने उच्चमाबिको पढाइ समेत निशुल्क गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment