+

८ वर्षपछि थ्रीस्टार फर्किए अनिल गुरुङ

२०७५ असोज  ३ गते २०:५२ २०७५ असोज ३ गते २०:५२
८ वर्षपछि थ्रीस्टार फर्किए अनिल गुरुङ

काठमाडौं । भेट्रान स्ट्राइकर अनिल गुरुङले ८ वर्षपछि थ्रीस्टार क्लबमा फर्किएका छन् । उनले १३ असोजदेखि सुरु हुने ए डिभिजन लिग थ्रीस्टारबाट खेल्ने भएका हुन् ।

हालै मात्र अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिल ७ वर्षदेखि मनाङमा थिए । तर, बुधबार थ्रीस्टारको टिमसँग आवद्ध भएका छन् र अभ्यास गरेका छन् ।

अनिलसँग थ्रीस्टारमा आउने पक्का भएको तर, औपचारिक सम्झौता हुन बाँकी रहेको बताइएको छ ।

साहारा क्लब पोखराबाट व्यवसायिक फुटबल करियर सुरु गरेका अनिलले २००५ मा थ्रीटारबाट खेलेका थिए । २००९-१० को सिजन सिलोङबाट पनि खेले ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय