+
+
Shares

अन्सारी हत्याबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते ११:५०

४ असोज, मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सुनसरीले तत्कालिन नेकपा एमालेका जिल्ला सल्लाहकार खुर्सिद अन्सारीको दिनदहाडै भएको हत्याबारे छानबिन गर्न उच्च स्तरीय समिति गठन गर्न माग गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै रैयाब नेश्नल स्कुलका सञ्चालक समेत रहेका आफ्ना नेताको हत्याबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समित गठन गर्न माग गरेको हो ।

घटनाको छानबिन गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउँदै मृतक परिवारका आफन्तलाई क्षतिपूर्ती दिन पनि माग गरिएको छ ।

नेकपा सुनसरीले घटनालाई अतिरञ्जित गरी बङ्ग्याउन सक्ने सम्भावना रहेको बताउँदै संयमता अपनाउन आग्रह गरेको छ ।

सुनसरीको हरिनगरा गाउपालिका–२, भुटाहामा रहेको रैयाब नेशनल स्कुलको सञ्चालक आलमको बिहीबार दिउँसो भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अज्ञात व्यक्तिको समूहले गोली हानी हत्या गरेका थिए ।

सीमा नाका घुस्कीदेखि ७ किलोमिटर उत्तर रहेको भुटाहामा आलमलाई गोली हानी भाग्ने क्रममा अपराधिक समुहले घुस्की सीमा चौकीमा कार्यरत प्रहरी जवान शिवलाल पौडेलमाथि पनि गोली प्रहार गरेको थियो ।

यो पनि पढ्नुस्

सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते

अन्सारीका हत्यारालाई कारबाहीको दायरामा ल्याउँछौंः गृहमन्त्री थापा

खुर्सिद अन्सारी हत्या प्रकरणः परिवारले शव उठाउन मानेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?