+
+
Shares

मलाइकाले भनिन्-‘अरवाज नै मेरो पहिलो र अन्तिम प्रेम’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ५ गते १४:२५

बलिउडमा नायिका मलाइका अरोरा खान र नायक अरवाज खानको बैबाहिक जीवनमा विश्राम लागिसकेको छ । शंकै शंका कारण उनीहरुको बैबाहिक जीवन डिभोर्समा परिणत भएको थियो ।

मलाइका र अभिनेता अर्जुन कपुरको प्रेमका कारण अरवाजसँग उनी अलग्गिएको खबर पनि सार्वजनिक भैरहेका छन् । अर्जुन कपुरसँग मलाइकाले डेट गर्दा अरवाज रिसाएको खबर मिडियामा आइरहेको थियो ।

तर, मलाइका अरोराले अर्जुनसँगको डेटको बारेमा मुख खोलेकी छिन् । मलाइकाले मिडियासँग कुराकानीका क्रममा भनिन्-‘मलाई त डेटिङको बारेमा केही पनि थाहा छैन । यस्तो कुरा मैले वुझ्दिन ।’

उनले अगाडि भनिन्-‘मैले आफ्नो जिन्दगीमा एकपटक मात्र प्रेम गरेको छु । जोसँग प्रेम गरेँ उसैसँग बिहे पनि गरेँ ।’ उनले अरवाजसँग डेट गरेर उनीसँग नै बिहे गरेको बताएर अर्जुन कपुरसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?