+
+
Shares

नेपालकै पहिलो होमस्टे सिरुबारी गाउँ झिलिमिली, स्थानीयलाई जोगाउनै चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ९ गते १५:०४

९ असोज, पोखरा । नेपालकै पहिलो पर्यटकी गाउँमा सिरुबारी पहिले जस्तो छैन । गाउँबाट थुप्रै मान्छेहरु पलायन भए । कति युके, हङकङ लगायतका ठाउँमा छन् त कति भारत र नजिकैको सहर पोखरातिर ।

देशका अरु गाउँमा जस्तै सिरुबारीमा पनि युवा जनशक्ति छैनन् भने गाउँका कतिपय घर पनि रित्तै छन् ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभुत आवश्यकता र सुविधाको खोजिमा गाउँ छाड्नेलाई रोक्न, गाउँमै बस्ने बाताबरण मिलाउन आँधिखोला गाउँपालिकाले अभियान थालेको छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडकको स्तरोन्नति र गाउँको प्रबर्द्धन गरेर गाउँका मान्छेलाई गाउँमै रोक्ने तथा बाहिरबाट गाउँमै फर्केर केही गर्न सक्ने वातावरण बनाउन लागेको हो ।

यसैक्रममा गाउँपालिकाले उज्यालो घरबास कार्यक्रम ल्याएको छ । यो कार्यक्रमले यतिबेला नेपालकै पहिलो होमस्टे गाउँ सिरुबारी झिलीमिली भएको छ ।

गाउँपालिकाले अन्य होमस्टे गाउँ बनाएर उज्यालो घरबास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

होमस्टे गाउँमात्रै होइन आँधिखोला गाउँपालिकाको सबै विद्यालय र स्वास्थ्यचौकीमा अब २० घन्टा बिजुलीको समस्याबाट मुक्त हुन सोलार जडान भएको छ ।

सिरुबारी होमस्टेका २७ घर, ९ वटा माध्यमाविक विद्यालय र ६ वडाका स्वास्थ्य संस्थामा सोलार जडान गरिएको हो ।

वैकल्पि ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगको गाउँपालिकाले सोलार जडान गररेपछि बिजुली नभएका समयमा पनि विद्यालयका विद्यार्थी, स्वास्थ्य संस्थाका सेवाग्राही र होमस्टे र त्यहाँ पुगेका पाहुनालाई हाइसञ्चो भएको छ । १ करोड २ लाख रुपैयाँ बराबरको सोलार बत्ति आँधिखोलामा जडान भएको छ ।

होमस्टे गाउँ सिरुबारीमा अहिले २७ घरमात्रै होइन, गाउँका सडकका १० ठाउँमा सोलार बत्ति राखेपछि गाउँ नै झिलीमिली भएको छ । ‘बेला-बेला जाने बिजुलीले गाउँलेलाई हैरान थियो भने होमस्टेमा बस्न आएका पाहुनाई पनि उस्तै गाह्रो, मैनबत्ति र टुकी खोज्दै हिँड्नुपथ्र्यो,’ गाउँकी होमस्टे सञ्चालक तथा आमा समूहकी कोषाध्यक्ष शान्ति गुरुङले भने, ‘सोलार बत्ति जोडेपछि आनन्द भएको छ । गाउँ नै झिलीमिली छ, अहिले त ।’

सोलार जडान गरेपछि बाजागाजासहित गाउँलेले धुमधामले खुसी मनाए भने गाउँ पुगेका पाहुनालाई फूलमाला लगाएर स्वागत गरे । सोलार जडान गरेर उद्घाटन गर्न पुगेका अतिथि तथा सरोकारवालाको गाउँले अभिभावकको आग्रह थियो, ‘गाउँमा सुविधा ल्याइदिनुहोस् । ताकी हामीमात्रै होइन हाम्रा बाबुनानी पनि गाउँमै बसुन् ।’

मौलिकता जोगाउने चिन्ता

सांसदसमेत रहेका क्याम्पेट रुद्रमान गुरुङको नेतृत्वमा २०५४ सालमा घोषणा भएको पहिलो होमस्टे गाउँ सिरुबारीमा अहिले झन्डै ३० घरमा मात्रै मान्छे बस्ने गरेका छन् भने १७ घरमामात्रै होमस्टे सञ्चालनमा छ । जबकी सुरुमा ३९ घरमा होमस्टे सञ्चालन थियो । गाउँ नै खाली हुनेमात्रै होइन होमस्टेसमेत खस्किएपछि गाउँमै बसेका पाका बुढाबुढीलाई चिन्ता परेको छ ।

सिरुबारीमै जन्मिएर देशभरि नाम कमाएका पूर्वसांसद, समाजविज्ञ डा.गणेशमान गुरुङसमक्ष स्थानीयको बिन्ति थियो, ‘सिरुबारीका लागि धेरै काम गर्नुभएको छ । तर पनि गाउँ खाली हुँदै जान थाल्यो, केही अभियान चलाउनुपर्‍यो ।’

पूर्वयोजना आयोगका सदस्यसमेत रहेका डा. गुरुङकै पहलमा अहिले सिरुबारीसम्म पुग्ने ४५ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ । डा गुरुङले गाउँलेलाई सम्झाए, ‘चिन्ता लिनु पर्दैन, गाउँमा सबै सुविधा आइपुग्दैछ यदी हामीले मौलिकता जेगाइराख्न सक्यौं भने अवश्य गाउँ फेरि सुविधासम्पन्न भएर चम्किने छ ।’

गाउँकै चिन्ताले क्याम्टेन रुद्रमानकी बुहारी १ वर्षदेखि गाउँमै बसेर युवाको नेतृत्व गरिरहेकी छन् । ‘म पोखरामै बस्थें, मेरा गाउँमै सम्भावना छ र गाउँमै मैले नेतृत्व गर्नुपर्छ भनेर गाउँ आएकी हुँ,’ उर्मिला गुरुङले भनिन्, ‘गाउँ आएपछि मलाई जागँर पलाएको छ । मैले यहीँ केही गर्नु सक्छु भनेरै आएको हुुँ ।’

गाउँ पुग्ने पाहुनालाई स्वागत सत्कार तथा सांस्कृतिक कार्यक्रमको नेतृत्व अहिले यीनै सर्मिलाले गर्दै आएकी छन् । गाउँबाट युवा शक्ति पलायन हुनु, गाउँमै सुविधा नहुनेले घटेको गाउँको महत्व अब उठाउने बेला आएको उनले बताइन् ।

सुविधालाई गाउँसम्मै पुर्‍याएर पलायन रोक्ने, बाहिरबाट गाउँ भित्राउने योजना गाउँपालिकाले अघि सारेको अध्यक्ष सुदीर पौडेलले बताए । ‘जब गाउँमै अत्यावश्यक आवश्यकता पूरा गर्न सक्दैन । त्यसपछि गाउँलेहरु सुविधा खोज्दै सहर झर्दा रहेछन्,’ गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘अब गाउँका मान्छे सहर नझरुन् भनेर शिक्षाको गुणस्तर बढाउने, स्वास्थ्यमा सुधार, सडकको स्तरोन्नति र गाउँमा अन्य सुविधा पुर्‍याउने अभियान थालेका छौं ।’

गाउँपालिकाका जनप्रतिनिधि आएपछि सबै विद्यालयका पाठ्यक्रममा एकरुपमा ल्याउने काम गरेको छ भने माटो र गाउँले परिवेश सुहाउँदो गतिविधिमा जोड दिँदै अंग्रेजी माध्यमलाई अंगालेको छ ।

गाउँबाट अधिकांश झर्ने अभिभावकको चहाना नै अंग्रेजी हुने गरेकेा अध्यक्ष शर्माले सुनाए । ‘शिक्षामा सुधारका निम्ति पाठ्यक्रममा एकरुपमा, शिक्षकलाई गुणस्तर वृद्धि गराउने तालिम र विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका छौं,’ अध्यक्ष पौडेलले भने ।

गाउँलेको शसक्तिकरण, संस्कृति र मौलिकतालेमात्रै गाउँ जोगिने र उठ्न सक्ने गाउँपालिकाकी उपाध्यक्ष सर्मिलादेवी पौडेल क्षेत्रीले बताइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?