+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

श्रद्धा किन गरिन्छ ? यस्तो छ घतलाग्दो पक्ष

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते ९:०८

शास्त्रहरूमा बताइए अनुसार अहिले चलिरहेको पितृपक्ष एक प्रकारले पितृहरूको सामूहिक मेला हो । यो पक्षमा सबै पितृहरू पृथ्वीलोकमा बस्ने आफ्ना सन्तानहरूकहाँ बिना आहृवान नै आउँछन् अनि उनीहरूले अर्पण गरेका गरेका तर्पण, पिण्ड आदि प्रसादबाट तृप्त भएर उनीहरूलाई अनेकानेक शुभाशीर्वाद प्रदान गर्दछन् । फलस्वरूप श्राद्धकर्ताले अनेक प्रकारका सुख प्राप्त गर्दछ ।

यसकारण श्राद्ध पक्षमा आफ्ना  पितृका सन्तुष्टि तथा अनन्त एवं अक्षय तृप्तिका साथै उनीहरूको  शुभाशीर्वाद प्राप्त गर्ने उद्देश्यले हरेक मानिसले आ आफ्ना पितृहरूको श्राद्ध अनिवार्य रूपमा गर्नुपर्छ । जो मानिस आफ्ना  पूर्वजहरूको सम्पत्ति उपभोग गर्छ तर उनीहरूको श्राद्ध गर्दैन त्यस्ता मानिसले आफ्ना पितृहरूद्वारा अभिशप्त भई अनेकौं प्रकारका शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्ने हुन्छ । उनीहरू जीवनभर शान्त भएर बस्न सक्दैनन् ।

कुनै आमाबाबुको  एकभन्दा धेरै छोरा छन् र उनीहरूबीच धनसम्पत्ति वा अंशबण्डा  भएको छैन भने सबैले संयुक्त रूपमा एकै ठाउँमा जम्मा भएर श्राद्ध गर्नुपर्छ । यस्तो स्थितिमा जेठो छोरोले नै श्राद्ध आदि पितृकर्म गर्नुपर्छ । सबै भाइले अलग-अलग गर्नु हुँदैन ।

अंशबण्डा भएर भिन्दाभिन्दै बसेका भए सबै छोराले अलग-अलग श्राद्ध गर्नुपर्छ । प्रत्येक सनातनधर्मीले आफूअघिका तीन पुस्ता बाबु, हजुरबुबा र बूढो हजुरबुबाको श्राद्ध गर्नैपर्छ । तर्पण दिँदा तथा पितृपक्षको महालय श्राद्धमा बाबुतर्फका तीन पुस्ता बाहेक आमातर्फका तीन पुस्ता अर्थात् मामाघरको हजरबुबा, बूढो हजुरबुबा तथा कुप्रा हजुरबुबाको श्राद्ध गर्नुपर्छ ।

यसका अतिरिक्त आवश्यक परेमा उपाध्याय, गुरु, ससुरा, ठूलोबा, काका, मामा, भाइ, ज्वाइँ, भतीजा, शिष्य, भानिज,  फुपू, सानिमा, ठूल्यामा, पुत्र, मित्र, विमाताका पिता तथा उनका पत्नीको पनि श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय निर्देश पाइन्छ  ।

यी सबै दिवंगत व्यक्तिहरूको श्राद्ध उनीहरूको पुण्यतिथि अर्थात् मृत्यु भएको तिथि पारेर हरेक वर्ष श्राद्ध गर्नुपर्छ । पितृपक्षको महालय श्राद्ध भने सामान्यत बाबुको तिथि पारेर गर्ने चलन छ । बाबुको नभए हजुरबाबुको तिथि पारेर गर्न पनि सकिन्छ । महालय श्राद्ध मध्यन्ह अर्थात् साढें  बार्‍हदेखि एक बजेसम्ममा सुरु गर्नुपर्छ । तिथि थाहा नभए सर्व पितृ अमावस्याका दिन श्राद्ध गर्न सकिन्छ ।

कुन तिथिमा कस्ता पितृको श्राद्ध ?

-जसको मृत्यु सामान्य एवं स्वाभाविक चतुर्दशी तिथिमा भएको छ, उनीहरूको श्राद्ध चतुर्दशी तिथिमा  कदापि गर्नुहुँदैन, बरु पितृपक्षको त्रयोदशी अथवा अमावस्याका दिन गर्नुपर्छ ।

-जसको अपमृत्यु अर्थात् कुनै दुर्घटना, सर्पदंश, विष, शस्त्रप्रहार, हत्या, आत्महत्या वा अन्य कुनै तरिकाको अस्वाभाविक मृत्यु भएको छ उनीहरूको श्राद्ध मृत्यु तिथिका दिन कदापि गर्नु हुँदैन । त्यसरी अपमृत्यु हुनेहरूको श्राद्ध केवल चतुर्दशी तिथिका दिन गर्नुपर्छ ।

-सौभाग्यवती महिला अर्थात् पति जीवित छँदै मरेका महिलाको श्राद्ध पनि केवल पितृपक्षको नवमी तिथिमा  गर्नु भन्ने विधान छ ।

-संन्यासीहरूको श्राद्ध केवल पितृपक्षको द्वादशीमै गर्नुपर्छ ।

-मामाघरको हजुरबा तथा हजुरआमाको श्राद्ध केवल अश्विन शुक्ल प्रतिपदामै गर्नुपर्छ ।

-स्वाभाविक रूपले वा कालगतिले मरेकाहरूको श्राद्ध भाऽपद शुक्ल पूणिर्मा अथवा आश्विन कृष्ण अमावस्याका दिन गर्नुपर्छ ।

श्राद्ध गर्ने सही समय कुतप काल

पितृ पक्षका १६ दिन पितृ स्मरणको दिन हुन् । तसर्थ यी १६ दिन नै पितृगणको तृप्तिका लागि तर्पण, दान, ब्राहृमण भोजन इत्यादि गराइन्छ । हुन त श्राद्ध एवं तर्पण दैनिक रूपले पनि गर्न सकिन्छ तर यी १६ दिनमा गरेका श्राद्धको फल अनन्त गुना प्राप्त हुन्छ भने पितृगण सन्तुष्ट भिएर आशिष समेत प्रदान गर्छन् । यी दिनमा पनि कुतपकालमा गरिएको श्राद्ध कर्म विशेष फलदायी हुन्छ ।

श्राद्ध पक्षका १६ दिन नै कुतप बेला पर्खेर श्राद्ध संपन्न गर्नु राम्रो हुन्छ । दिनको आठौँ मुहूर्तलाई कुतप काल भनिन्छ । अपरान्ह ११ः३६ देखि १२ः२४ सम्मको समय श्राद्ध कर्म गर्नु विशेष शुभदायी हुन्छ । यो समयलाई कुतप काल भनिन्छ ।

गजच्छाया योग पनि अति उत्तम

शास्त्रहरूमा गजच्छाया योगमा श्राद्ध कर्म गर्दा अनन्त गुना फल प्राप्त हुने कुरा बताइएको छ । गजच्छाया योग धेरै वर्षमा एकपटक पर्छ, यो योगमा गरिएको श्राद्धको फल अक्षय हुने बताइएको छ । सूर्य हस्ता नक्षत्रमा छ र त्रयोदशीका दिन मघा नक्षत्र छ भने गजच्छाया योग निर्माण हुन्छ । यस्तो योग महालय -श्राद्धपक्ष) का दि नबनेमा अत्यन्त शुभ मानिन्छ ।

श्राद्ध विषयक केही कुरा 

श्राद्ध कर्मको शास्त्रीय विधि जानकारी छैन वा त्यसरी गर्ने सामथ्र्य छैन भने केही सरल विधि छन् तिनको  पालन गर्नुपर्छ ः-बिहान उठेर स्नान गरी देव स्थान वा पितृ स्थानमा गाईको गोबरले लिपेर , गंगाजल छर्केर पवित्र पार्ने ।

-महिलाहरूले शुद्ध भएर पितृका लागि भोजन बनाउने ।

-श्राद्ध गराउन योग्य वा श्रेष्ठ ब्राहृमण, ज्वाइँ, भान्जा आदिलाई निम्ता गर्ने ।

-पितृका निमित्त अग्निमा गाईको दूध, दही, घिउ एवं खीर अर्पित गर्ने ।

-गाई, कुकुर, काग एवं अतिथिका लागि चार गाँस भोजन छुट्याउने ।

-ब्राहृमणलाई आदरपूर्वक भोजन, वस्त्र, दक्षिणा आदिले सम्मान गर्ने।

-घरमा गरिएको श्राद्धको पुण्य तीर्थस्थलमा गरिएको श्राद्धभन्दा आठ गुना अधिक फलदायी हुन्छ ।

-आर्थिक कारण या अन्य कारणले ठूलो श्राद्ध गर्न सकिँदैन तर पितृको शान्तिका लागि केहीँ गर्ने इच्छा दृढ छ भने पूर्ण श्रद्धा भावले  आफ्नो  सामर्थ्य अनुसार उपलब्ध अन्न, सागपात, फलफूल तथा जति सकिन्छ त्यति दक्षिणा आदर भावले कुनै ब्राहृमणलाई दिने ।

-परिस्थितिवश यति पनि गर्न नसके  ७, ८ मुरी  तिल, जलसहित कुनै योग्य ब्राहृमणलाई दान दिने । यसबाट पनि श्राद्धको पुण्य प्राप्त हुन्छ ।

-यति पनि गर्न नसके गाईलाई भरपेट घाँस खुवाउने, पितृ प्रसन्न हुन्छन् ।

-माथि उल्लेखित कुनै पनि कार्य गर्न सम्भव नभए कुनै एकान्त स्थानमा गएर मध्याहृन समयमा सूर्यतर्फ फर्केर दुवै हात उठाएर आफ्ना पूर्वज तथा सूर्य देवको प्रार्थना गर्ने ।

-प्रार्थना गर्दा ‘हे प्रभु ! मैले तपाईंका सामु आफ्ना दुवै हात फैलाइदिएको छु, म आफ्ना पितृहरूको मुक्तिका लागि तपाईंसँग प्रार्थना गर्छु, मेरा पितृहरू मेरो श्रद्धा भक्तिबाट सन्तुष्ट होऊन्’ भन्ने । यति गरे पितृ ऋणबाट मुक्ति पाइन्छ ।

-जसले श्रद्धापूर्वक श्राद्ध गर्छ, उसको बुद्धि, पुष्टि, स्मरणशक्ति, धारणाशक्ति, पुत्रपौत्रादि एवं ऐश्वर्यको  वृद्धि हुन्छ । आनन्दपूर्वक सांसारिक सुखभोग गर्न पाउँछ ।

जीवनसँग श्राद्घको सम्बन्ध

श्राद्धका विषयमा शास्त्रकारहरूले पाण्डित्य र मनोविज्ञानको सविस्तार वर्णन गरेका छन् । उनीहरूले यसको विषयमा चित्तबुझ्दो मान्यता अघि सारेका छन् । जब घरमा कुनै समृद्धि सूचक वस्तु आउँछ वा मांगलिक उत्सव हुन्छ त्यतिबेला आप\mना स्वर्गीय मानिसहरूलाई याद गरिन्छ । किनभने उनीहरू कुनै समय हाम्रा सुखदुःखमा सम्मिलत हुन्थे, उनीहरूको स्मृति कहिल्यै मेटिँदैन ।

तसर्थ अज्ञात लोकवासी पितृहरू पनि हाम्रा आनन्दोत्सवमा सम्मिलित होऊन्, शरीरले सम्भव नभए पनि आत्माले हामीसँग रहून्  भनेर उनीहरूप्रति श्रद्धावनत हुनु स्वाभाविक हो । यसरी पितृहरूलाई शास्त्रीय मन्त्रहरूद्वारा मानसिक आवाहन एवं पूजन गर्नु नै श्राद्ध हो, उनीहरूप्रतिको श्रद्धा एवं समर्पण भाव हो । मनको भावना प्रबल हुन्छ भन्ने सत्यलाई इन्कार गर्न सकिँदैन । श्रद्धाभिभूत मनका अगाडि स्वर्गीय आत्मा सजीव एवं साकार भएर उपस्थित हुन्छन् ।

श्राद्धमा मातापिता एवं अन्य पितृका रूपको ध्यान गर्नु आवश्यक कर्तव्य बताइएको छ । यसरी आफ्ना  पितृहरूसँग भावनात्मक निकटता गाँस्ने मनोविज्ञान श्राद्धसँग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?