Comments Add Comment

सट्टेबाज नाइके नागराजमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थाल्यो

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल), विश्वकप फुटबल लगायतका खेल प्रतियोगितामा करोडौंको सट्टेबाजी खेलाउने गिरोहका नाइके अमृत अग्रवालउर्फ नागराजमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थालेको छ ।

यसअघि उनलाई महागनरीय अपराध अनुसन्धान महाशाखाले ठगी मुद्दामा १० असारमा पक्राउ गरेको थियो ।

सिफलका राकेश सिंह लगायतका व्यक्तिहरुबाट आर्इपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर उनले २ करोड ४० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

जिल्ला अदालत, काठमाडौंले ३ साउनमा उनलार्इ पुर्पक्षका लागि थुनामा पठाउने अादेश दिएको थियो । यद्यपि, २१ भदौमा उच्च अदालत, पाटनले ४० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दियो ।

अनु्सन्धानका क्रममा उनले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेको खुलेपछि नागराजलाई सम्पत्ति शुद्धिकरण ऐन, २०६४ अन्तरगत कारबाहीका लागि विभाग पठाइएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

यो पनि पढ्नुहोस नेपालमा ‘सट्टेबाज’ को मास्टरमाइन्ड नागराजः सामान्य जुवाडेदेखि दाउदको एजेन्टसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment