Comments Add Comment

बच्चाको व्यवहार अचानक बिग्रँदै गयो भने के गर्ने ?

के तपाईंलाई कहिले स्कूल त कहिले छिमेकीहरुबाट आफ्नो बच्चाको रिसाहा स्वभावको बारेमा गुनासो आइराख्छ ? थोरै मात्रै कुृरामा तपाईंको बच्चाले आफ्नो साथीहरुलाई पिटिदिन्छ ?

तपाईंको बच्चा ठूला मानिसहरुको अगाडि गलत ढंगले प्रस्तुत हुन्छ ? शिक्षकहरुसँग मुखमुखै लाग्छ ?

यदि यस्तो छ भने के तपाईंले कहिल्यै आफ्नो बच्चाको यस्तो व्यवहारको कारण थाहा पाउने कोसिस गर्नुभएको छ ? पक्कै पनि छैन होला ।

हुनसक्छ जब आफ्नो अगाडि बच्चाको गुनासो आउँदा तपाईं उसलाई सम्झाउन छोडेर अगाडिको मानिससँग नै वादविवाद गर्नुहुन्छ ।

तर, तपाईंको यो व्यवहारले समस्या झनै बढाउँछ र बच्चालाई पनि झगडालु बनाउँछ । बच्चाहरुको सोच नकरात्मक हुन थाल्छ । सँधै आफ्नो कुरामा माथि रहने र अरुलाई तल देखाउनु उनीहरुको स्वभावको हिस्सा बन्नसक्छ ।

त्यसैले यस बारेमा जब तपाईंको अगाडि आफ्नो बच्चाको कुनै गुनासो आयो भने एक पटक उसको व्यवहारमा नजर दौडाउनुहोस् । केही दिनमै तपाईंलाई समस्याको बारेमा आँफै थाहा हुन्छ र आँफै आफ्नो बच्चालाई सहि बाटोमा ल्याउने तरिकामा जुट्नुहुन्छ ।

बच्चाको बदलिँदो व्यवहार र बिग्रँदो स्वाभावलाई कसरी चिन्ने र उसको व्यवहारमा सकरात्मकता कसरी ल्याउने त ? जानीराख्नुहोस्

सहानुभूतीको अभाव

बच्चा जब हरेक प्रश्नको जबाफ आक्रामक तरिकाले दिन थाल्छ, अरु मानिसको दुःख पिडाले उसलाई महसुस नै हुँदैन । कसैलाई दुःख दिएर गरेर उसलाई मजा आउन लाग्छ भने यसलाई एक खराब संकेत सम्भिmनुपर्छ ।

यसको मतलब हो तपाईंको बच्चा स्वभावले कठोर हुँदै गइरहेको छ । उसको मनमा कसैको लागि सहानुभूती दया करुणा छैन ।

के गर्ने ?

बच्चाको साथमा समय बिताउनुहोस् । उसलाई कहिले महापुरुष, कहिले उसलाई मनपर्ने कलाकारहरुको जीवनी, कहिले आफ्नो जिन्दगीको उतार चढावको कथा भनेर उसलाई जीवनको विषमता र उतारचढाबहरुसँग परिचय गराउनुहोस् ।

सँगै बसेर युट्युव वा टिभीमा प्रेरणा दिने खालको राम्रो फिल्म र कार्यक्रम हेर्नुहोस् । विस्तारै विस्तारै दया, करुणा, सहानुभूती जस्ता भावले बच्चामा व्यक्तिगत स्थान पाउन थाल्छ ।

खराब व्यवहार

अरुलाई चिढ्याउने, गिज्याउने, सानो कुरामा पनि आफ्नो साथीसँग मारपिट गर्ने, रिस उठेमा सामान उठाएर फ्याक्ने, धाक जमाउने, आफूभन्दा ठूलासँग रुखो बोल्ने आदी खराब व्यवहारको लक्षण हुन् ।

यदि बच्चाले प्राय यस्तो व्यवहार गर्छन् र आफ्नो व्यवहारमा लाज मान्दैनन् भने आखिर उनीहरुले यस्तो व्यवहार किन गरिरहेका छन् भन्ने थाहा पाउने कोसिस गर्नुहोस् ।

के उसको मनमा कुनै किसिमको असन्तुष्टी छ ? कुनै कुराले उसलाई दुखी वा चिन्तित बनाएको छ ? यदि यी प्रश्नहरुको जवाफ मिलेन भने सम्भिmनुहोस्, उ गलत बाटोमा छ ।

के गर्ने ?

नकरात्मक दिशामा गइरहेको बच्चाको उर्जालाई एकत्रित गराउनुहोस् । उसको सोख र रुचीलाई पुरा गर्न उसलाई मद्धत गर्नुहोस् ।

जस्तो यदि उसलाई पेन्टिङ गर्न मन पर्छ भने राम्रो ब्रस, स्केचपेन, ड्रइङ बुक दिलाउनुहोस् । राइटिङको सोख छ भने राम्रो पुस्तक पढ्न दिनुहोस् । डान्स गर्न उसलाई मजा आउँछ भने कुनै राम्रो डान्स स्कूलमा भर्ना गरिदिनुहोस् । केही दिनमै तपाईंले बच्चाको व्यवहारमा सकरात्मक परिवर्तन देख्नुहुनेछ ।

फरक देखिने हर्कत

कैयौं पटक बच्चा भिडबाट अलग नजर आउन अनौठो व्यवहार गर्छन । जस्तो बिनाकारण स्वर मच्चाउने, खेल्दाखेल्दै अचानक भाग्ने, कसैलाई धक्का दिएर लडाइदिने आदी ।

बच्चाको यस खालको व्यवहारको मतलब हो परिवारमा उसलाई पर्याप्त महत्व मिलिरहेको छैन । उसको कुरा र कामलाई नजरअन्दाज गरिएको छ ।

के गर्ने ?

बच्चाको राम्रो कामहरुलाई खुलेर तारिफ गर्नुहोस् । परिवारमा उसलाई माया गर्न र महत्व दिन सुरु गर्नुहोस् । घर आएका पाहुनाहरुलाई उसको व्यक्तित्वको सकरात्मक पक्षको बारेमा बताउनुहोस् ।

हरेक राम्रो काम वा उपलब्धीहरुमा उसलाई कुनै उपहार दिनुहोस् । उसलाई राम्रो लाग्नेछ र उसको आत्मविश्वास मजबुत हुन्छ ।

गलत संगत

बच्चा होस् वा ठूला मानिस उनीहरुको स्वभावमा संगतको ठूलो असर पर्छ । आक्रामक स्वभाव भएका बच्चाहरु आम रुपमा आफूजस्तै स्वभाव भएका बच्चासँगै रहन मन पराउँछन् । त्यसैले यदि तपाईंको बच्चाको स्वभाव अचानक आक्रामक हुन थालेको छ भने उसको संगतमाथि नजर राख्नुहोस् ।

के गर्ने ?

जब मौका मिल्छ उसँग खेल्नुहोस् समय बिताउनुहोस् । सँगै खाना खानुहोस् । कुरैकुरामा उसलाई नकरात्मक र सकरात्मक सोचको बारेमा सम्झाउनुहोस् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment