Comments Add Comment

निश्चल जस्तो श्रीमान् पाउँदा ‘लक’ लाग्योः स्वस्तिमा

नायिका स्वस्तिमा खड्काले आफ्नो कठोर मिहिनेतले नै आफूलाई सफलता मिलेको बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘मलाई लक लागेको मेरो मिहिनेतले हो । तर, सबै कुरा वुझ्ने श्रीमान् पाएकाले पनि काम गर्न सजिलो भएको छ ।’

बिहे गरेपछि नै चलचित्रमा व्यस्त बन्न थालेकी स्वस्तिमाले भनिन्-‘मेरो पहिलो चलचित्र आउने वित्तिकै मेरो बिहे भयो । यसैले दर्शकले मेरो काम हेर्न पाउनुभएको थिएन । अर्कोतिर म लक्की पनि हो । निश्चल जस्तो श्रीमान् पाउनु, निश्चलसँग सल्लाहा गरेर काम गर्नुले पनि मलाई व्यस्त बनाएको छ । मिहिनेत र लक दुबैले काम गरेको छ जस्तो लाग्छ ।’

हाल चलचित्र ‘बुलबुल’को छायांकनमा व्यस्त नायिका स्वस्तिमाले चलचित्र ‘हजार जुनी सम्म’मा काम गर्न लागेको कुरालाई भने अहिले नै पक्का नभएको बताइन् । उनले भनिन्-‘विकास दाइसँग कुरा त भएको छ । तर, मैले चलचित्र साइन गरिसकेकी छैन । मैले पनि समाचार पढेकी थिएँ । तर, पक्का होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment