+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
१२० बलमा १६६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पुरुको नौगेडी बंगलादेशको महोत्सवमा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १०:००

काठमाडौं । बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १६ सम्म बंगलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ पनि छानिएको हो ।

नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदिइत्यादिको प्रस्तुतिमा ‘नौगेडी’ मञ्चन हुनेछ । आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक एवम् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. अशोक थापाका अनुसार असोज २६ नाटक मञ्चन हुने छ ।

नाटकको लेखन तथा निर्देशशन पुरु लम्सालले गरेका छन् । उनका अनुसार नाटक मञ्चनका लागि सबै तयारी पूरा भएको छ । आयोजकले जनाए अनुसार महोत्सवमा नेपालसंगै भारत, बंगलादेश लगायत विभिन्न देशका नाटक मञ्चन हुनेछन् ।

गत फागुनमा कोलकातामा आयोजित महोत्सवमा आदिइत्यादि र मञ्जरी नाट्य समूह लमजुङले पुरु लम्सालकै लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ मञ्चन गरेका थिए ।

निर्देशक लम्सालका अनुसार ‘नौगेडी’ नुवाकोटको प्रसिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेशमा तयार पारिएको नाटक हो । यसमा विद्यमान छुवाछुत र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजिएको उनले बताए । नौगेडीमा सुशीलसिंह ठकुरी, पवित्रा खड्का, रीता थापा, आईपी आचार्य, अनन्तप्रकाश श्रेष्ठ, बिमला अधिकारी देवकोटा, निर्मला खड्का, जेबी डिसी, केदार बोहोरा, जयराम तिमल्सिना, भिष्मराज जोशी लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?