Comments Add Comment

सीके राउत रौतहटबाट पक्राउ

२१ भदौ, रौतहट । स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए ।

जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । उनीहरुले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । 

राउतलार्इ राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

४ वर्षे छोरीलाई जुलुसमा प्रयोग

रौतहट अदालतमा पेशीका लागि जाँदा सिके राउत ४ वर्षकी छोरी बोकेर जुलुससहित गएका थिए । प्रहरीले उनलाई गिरफ्तार गरेपछि राउतले छोरी बिरामी भएकाले आफूलाई जनकपुर लैजान प्रहरीसँग आग्रह गरेका छन् ।

छोरी र आफू विरामी रहेको र औषधिसमेत छुटेको राउतले बताएका उनको टि्वटर ह्याडिलमा उल्लेख छ ।

बिरामी भनिएकी छोरीलाई बोकेर उनी जुलुसहित अदालत पुगेका थिए ।

सिके राउत गिरफ्तार भए पनि उनको टि्वटर भने नियमित अपडेट भइरहेको छ । प्रहरीले ४ वर्षकी बिरामी बालिकालाई समेत गिरफ्तार गरेको भन्दै राउतका कार्यकर्ताले प्रचारबाजी थालेका छन् ।

तर, राउतबाट जुलुसमा यसरी अवोध वालिकाको प्रयोग किन गरिएको थियो भन्ने खुलेको छैन । उनलाई मानव ढालको रुपमा प्रयोग गर्न खोजिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment