+

पीएसजीको जितमा एम्बाप्पेको ४ गोल

२०७५ असोज  २२ गते ८:४६ २०७५ असोज २२ गते ८:४६
पीएसजीको जितमा एम्बाप्पेको ४ गोल

२२ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लियोनलाई ५–० गोलको भारी अन्तरले पराजित गरेको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा लियोनमाथि पीएसजीले शानदार जित हात पा¥यो । पीएसजीको जितमा किलियन एम्बाप्पे चम्किए । उनले ह्याट्रिक सहित ४ गोल गरे । त्यस्तै, एक गोल भने नेयमारको नाममा रह्यो ।

पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा ४ गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा नै नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

किम्पेम्बेले ३२ औ मिनेटमा रातो कार्ड मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो । यता, टोसेटले पहिलो हाफको अन्तिम समयमा डबल पहेँलो कार्ड खादै रातो कार्ड पाएपछि लियोन पनि १० खेलाडीमा समेटिएको थियो ।

एम्बाप्पेले १३ मिनेटभित्र ४ गोल गर्न सफल भए । चमात्कारिपूर्ण प्रदर्शन गरेका एम्बाप्पेले खेलको ६१औ मिनेटमा गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि अर्थात खेलको ६६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई तेब्बर अग्रता दिलाए ।

खेलको ६९औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि खेलको ७४ औ मिनेटमा गोल गर्दै एम्बाप्पेले चार गोल गर्दै पीएसजीलाई ५–० गोलको जित दिलाएका हुन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय