+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते १३:०१

२५ असोज, काठमाडौ । आज अक्टोवर ११ तारिख अर्थात विश्व दृष्टि दिवस । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ ।

नेपालमा पनि ‘आँखा सेवा सबैका लागि- विश्व दृष्टि दिवस मनाआैं’ भन्ने नाराका यो दिवस मनाइदैछ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीवि)लेे सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।

विश्व स्वास्थ्य संगठन र आईर्एपीवीले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्युनिकरण गर्न सन् १९९९ फेबुअरीमा भिजन २०२०ः राइट टु साइटको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवालाई जोड दिँदै प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउदै आएको छ ।

नेपाल सरकारले पनि आफू उक्त संगठनको एक सदस्य राष्ट्र भएकालेे सन् १९९९ नोभेम्बरमा भिजन २०२० : राइट टु साइटको अधिकार कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना (२००१-२०१९) लागू गरेको छ ।

दिवसमा विश्वभरिका विभिन्न संघ-संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गरेको छ ।

विगत तीन दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगती तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ ।

यद्यपि, प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन जिल्लामा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता हो ।

विश्व दृष्टि दिवसकै अवसरमा तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौ, हेटौडा सामुदायिक आँखा अस्पताललगायत १५ जिल्लामा रहेका सामुदायिक आँखा केन्द्रमा १४ वर्षभन्दा कम उमेरका बालबालिका, ६० वर्ष भन्दा मथिका वृद्धवृद्धा तथा लक्षित वर्गका निम्ति निःशुल्क परामर्श सेवा प्रदान गर्ने कार्यक्रमको आयोजना गरेको छ ।

साथै, आँखा उपचार सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ आँखा केन्द्र वा अस्पताल परिसरमा र्‍याली तथा सभा मार्फत स्थानीय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, व्यवसायी, संघसस्थाका प्रतिनिधि, सर्वसाधारण तथा विरामीको उपस्थितिमा आँखा  स्वास्थ्य सेवाको आवश्यकता तथा महत्ववारे जानकारी गराउने र त्यस सम्बन्धी सूचना सामग्री वितरण गर्ने कार्यक्रमको आयोजना गरेको छ ।

विश्व दृष्टि दिवस २०७५ कै अवसरमा ओखलढुंगा, रामेछाप, दोलखा तथा सिन्धुली र चामे, मुस्ताङ्गमा बिरामीलाई लक्षित गरी आयोजना गरिएको आँखा शल्यक्रिया शिविरमा कुल १४४ जनाको निःशुल्क मोतीविन्दुको शल्यक्रिया सम्पन्न गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?