+

मणि कुँवरको पत्रकार सम्मेलनमा उपस्थित हुनेलाई एन्फाले सोध्यो स्पष्टीकरण

२०७५ असोज  २५ गते १६:०८ २०७५ असोज २५ गते १६:०८
मणि कुँवरको पत्रकार सम्मेलनमा उपस्थित हुनेलाई एन्फाले सोध्यो स्पष्टीकरण

२५ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्व उपाध्यक्ष मणि कुँवरको पत्रकार सम्मेलनमा उपस्थित पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको छ ।

एसियाली फुटबल महासंघका उपाध्यक्ष समेत रहेका कुँवरले ८ असोजमा पत्रकार सम्मेलन गरी एन्फाको चुनावमा अनियमिता भएको आरोप लगाएका थिए । उनको पत्रकार सम्मेलनमा विभिन्न जिल्ला संघका पदाधिकारी उपस्थित थिए ।

एन्फाले पत्रकार सम्मेलनमा उपस्थित भएका जिल्ला पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनबारे भ्रम फैलाएको र पदाधिकारीको सार्वजनिक रुपमा बेइज्जत गरेको भन्दै एन्फाले विधानको धारा १३ (१) उल्लंघन गरेको अभियोगमा कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको हो ।

एन्फाले भक्तपुर जिल्ला अध्यक्ष गौतम सुजुख, काठमाडौंका विराट शाही, ललितपुरका पुरुषोत्तम भण्डारी, सिरहाका प्रवीण यादवलगायतलाई स्पष्टीकरण सोधेको हो । सुजखुले एन्फाको पत्र १८ गते प्राप्त भएको स्वीकार गर्दै भने, ‘एन्फाको विरोध गरेको होइन । आफ्नो मत राख्न पाउनु मेरो प्रजातान्त्रिक अधिकार हो भनेर बुधबार मात्र जवाफ पठाएको छु ।’

मणि कुँवरको आपत्ति

यसैबीच एन्फाका पूर्व उपाध्यक्ष कुँवरले आफ्नेा पत्रकार सम्मेलनमा उपस्थित भएकै कारण एन्फाको स्पष्टिकरण सोधिएको आपत्ति जनाएका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै आफूले एन्फाइलार्ए स्वच्छ बनाउने अभियान थालेको र यो नरोकिने बताएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय