+

एम्बाप्पेले टारे फ्रान्सको अप्रत्यासित हार

२०७५ असोज  २६ गते ७:४७ २०७५ असोज २६ गते ७:४७
एम्बाप्पेले टारे फ्रान्सको अप्रत्यासित हार

काठमाडौं । केलियन एम्बोप्पेको गोलसँगै विश्व विजेता फ्रान्सले आइसल्याण्डसँग अप्रत्यासित हार टारेको छ ।

बिहीबार राति भएको मैत्रिपूर्ण खेलमा फ्रान्स र आइसल्याण्डले २–२ को बराबरी खेलेका हुन् ।

फ्रान्स निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदासम्म २–० ले पछाडि थियो । तर, सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका एम्बाप्पेले हार टारे ।

खेलको ८६ औं मिनेटमा इयोल्फसनले आत्मघाती गोल गरे भने ९० औं मिनेटमा पाएको पेनाल्टीमा एम्बाप्पेले गोल गर्दै बराबरी गरे ।

यसअघि आइसल्याण्डले ३० औं मिनेटमा बिआनेसनको गोलबाट अग्रता लिएको थियो भने ५८ औं मिनेटमा कारी अनर्सनले अग्रता दोब्बर पारेका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय