+
+

मासुको फाइदा पनि छ, के भन्छन् पोषणविद् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २७ गते १३:०६

दशैंको मूख्य खान्की नै मासु । तर, जान्नेबुझ्नेहरु भन्छन्, मासुले स्वास्थ्यमा हानी गर्छ । मासु स्वास्थ्यमैत्री खानेकुरा होइन । मासु रोगको स्रोत हो ।

मासु त्यसबेला हानिकारक बन्छ, जब सही किसिमको मासु छनौट गर्न सकिदैन, सही ढंगले भण्डारण गर्न सकिदैन, सही ढंगले पकाउन जानिदैन, सही ढंगले खान जानिदैन । यदी सही ढंगले, सही मात्रामा मासु सेवन गर्ने हो भने त्यसले हानी होइन, फाइदा गर्छ ।

के पाइन्छ मासुमा ?

मासुलाई धेरै प्रोटिनको राम्रो स्रोतको रुपमा बुझ्ने गर्छन् । तर, कतिपय गेडागुडीबाट मासुमाभन्दा पनि प्रोटिन पइने गर्छ । तर, मासुबाट प्राप्त हुने प्रोटिन गेडागुडीबाट पाइनेमा भन्दा बढी वायोलोजीकल भ्याल्यु हुन्छ । यसको अर्थ भनेको मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ ।

आइरन

मासु आइरनको राम्रो स्रोत हो । सागसब्जी, तरकारी, फलफूलबाट पनि आइरन पाइन्छ । तर, मासुबाट हेम-आइरन पाइन्छ । जुन आइरनलाई शरीरले बनस्पतिबाट पाइनेभन्दा बढी सोस्न सक्छ । शरीरमा आइरनको कमि भएमा रगतको कमि हुन गई रक्तअल्पताको समस्या निम्तन्छ ।

आरेम कार्की, पोषणविद्

भिटामिन-बी १२

मासुमा पाइने अर्को महत्वपूर्ण भिटामिन भनेको भिटामिन-बी १२ हो । जुन वनस्पतिजन्य खाद्यपदार्थबाट प्राप्त गर्न सकिदैन । पछिल्लो समय धेरै मानिसमा भिटामिन- बी१२ को कमि देखिन थालेको छ । यसको कमीले खुट्टा छिटो निदाउने, हात खुट्टा कटकट खाने, चाडै विर्सने र रगतको कमि हुने, डिप्रेसनलगायतको समस्या निम्तन सक्छ ।

अन्य पौष्टिक तत्व

मासुबाट ˆयाट, भिटामिन बी, ए, के, पोटासियम, फोस्फोरस, जीकं, म्याग्नेसियमलगायतका पौष्टिक तत्व पनि प्राप्त हुन्छ । जुन स्वास्थ्यको लागि अतिआवश्यक छ ।

रातो मासु

– रातो मासु भन्नाले नपकाएको अवस्थामा रातो देखिने खसी, राँगा, संुगुरआदीका मासु हुन् ।

– विश्व स्वास्थ्य संगठनका अनुसार रातो मासु क्यान्सर लाग्ने कारणमध्ये एक हो । यसअर्थ पनि रातो मासु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । रातो मासुमा जींक, आइरन, भिटामिन बी६, बी१२, बी१, बी२ भने सेतो मासुको तुलनामा बढी हुन्छ ।

– त्यस्तै रातो मासुमा फ्याटको मात्रा पनि बढी हुन्छ । तर, कुखुराको छातीमा भने बढी बोसो हुने गर्छ ।

– सुगुंरको मासुमा बोसोको मात्रा अरु मासुको तुलनामा अत्याधिक हुन्छ । तर, यसको बोसो कुखुरा, खसि र राँगाकोजति हानीकारक भने हुँदैन । किनकी यसमा कोलेस्ट्रोल ˆयाटको मात्रा कम हुन्छ र अनस्याचुरेटेट ˆयाट बढी हुन्छ । जुन स्वास्थ्यको लागि राम्रो हो ।

– सुन्दा अचम्म लाग्छ तर सबै भन्दा पोषिलो प्राकृतिक खाद्यहरु भनि गरिएको एक हजारभन्दा बढी खाद्य अनुसन्धानले सुँगुरको बोसोलाई ८ औं स्वस्थकरको सूचीमा रखेको छ ।

सेतो मासु

– त्यस्तै नपकाएको अवस्थामा सेतो देखिने कुखुरा, माछा र हाँसका मासु सेता हुन् । यी दुईमध्ये रातो मासु खानु हुदैन भन्ने भनाई प्रचलनमा छ ।

– तर अहिले रातो मासु कम खाने हुदा सेतो मासुमा पनि विशेष गरि ब्रोइलरको प्रयोग बढी हुने गरेको छ । तर, यस्ता खालका कुखुरामा विभिन्न हर्मोन, एन्टिवायोटिकको अत्याधिक प्रयोग गरिएको हुन्छ । जसले गर्दा सेतो मासुले मानव स्वास्थ्यमा जति फइदा पुर्‍याउनु पथ्र्यौ त्यो नपुग्ने देखिन्छ । त्यसैले घरमै पालेको कुखुराको मासु प्रयोग गर्दा राम्रो हुन्छ ।

–  रातो र सेतो आ-आफ्नै फाइदा-वेफाइदा छन् । यदि कसैलाई रातो मासु नखानु भनिएको छ भने (युरिक एसीड, कोलेस्टेरोल, उच्च रक्तचाप, मुटु रोग, बाथ), सेतो मासु खादा पनि त्यतिकै ध्यान दिन जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?