Comments Add Comment

प्याराग्लाइडिङ विश्वकप आउँदो कात्तिकमा

२८ असोज, काठमाडौं । नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप हुने भएको छ ।

नेपाल प्याराग्लाइडिङ तथा हृयाण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप आयोजना हुन लागेको हो । स्याङजाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने प्रतियोगिता कात्तिक १५ देखि १९ गते चल्नेछ ।

पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । विश्व कपमा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताका विजयी टिमतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् । त्यस्तै, व्यक्तिगततर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्नेछन् ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडी रहेने छन् । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्नेछ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोस्रो तथा तेस्रोको घोषणा गरिने छ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ सेमीको हुने आयोजकले जनाएका छन् ।

नेपालले क्रस कन्ट्रीमा आफूलाई उच्च प्रदर्शन गर्दै आएको छ । इन्डोनेसियामा सम्पन्न १८ औं एसियान गेममा नेपालको लागि प्याराग्लाइडिङले एक मात्र रजत पदक दिलाएको थियो । त्यस्तै, चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाईना लिनझाउ प्याराग्लाइडिङ प्रि-विश्व कपमा नेपालका विशाल थापाले कास्य पदक दिलाएका थिए ।

नेपाल भ्रमण बर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा बृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment