+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हृयुम पाइपमा च्यापिएर मृत्यु भएका रोहितको परिवारलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १७:१३

२८ असोज, वीरगञ्ज । वीरगञ्जको लालबंगला परिसरमा हृयुम पाइपले किचेर ज्यान गुमाएका बालकको परिवारलाई सांसद प्रदीप यादवले आर्थिक सहयोग गरेका छन् ।

ह्युमपाइपबाट च्यापिएर ज्यान गुमाएका ८ बर्षकी बालक रोहितकुमार चौधरीको बुवा बालमुकुन्द प्रसाद चौधरीलाई सांसद यादवले आर्थिक सहयोग गरेका हुन् ।

पर्साको जिराभवानी गाउँपालिका १ महादेवपट्टी स्थित घरमै पुगेर सांसद यादवले चौधरी परिवारलाई नगद ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

गत असोज २२ गते वीरगञ्ज महानगरपालिका ९ स्थित रातो बंगला परिसरमा खेल्ने क्रममा अचानक हृयुम पाइपले किचेर रोहितसहित चार जना घाइते भएका थिए । गम्भीर घाइते अवस्थामा उद्धार गरिएका रोहितलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि वीरगञ्ज हेल्थ केयर अस्पताल थप उपचार गर्दै गर्दा ज्यान गएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका जिराभवानी गाउँपालिका १ घर भई वीरगञ्जको रानीघाटमा बस्दै आएका गोविन्द चौधरीका दुई वटी छोरी १० वर्षकी अनुष्काको र ७ वर्षकी अंकिताको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

चौधरीद्वयको उपचारका लागि यसअघि नै सांसद यादवले ५० हजार सहयोग गरिसकेका छन् । अर्की घाइतेमध्ये ९ वर्षकी आयुषा यादवको उपचारमा पनि सहयोग गर्ने उनको प्रतिवद्धता छ । घटनालगत्तै खुल्ला स्थानमा हृयुम पाइप राख्ने, राख्न अनुमति दिनेलाई कारबाहीको माग राख्दै आएका सांसद यादवले गृहमन्त्री समेतको ध्यानाकर्षण गराएका थिए ।

एशियाली विकास बैंकको ऋण अनुदानमा वीरगञ्ज महानगरपालिकामा सञ्चालित मझौला एकीकृत शहरी वातावरणीय सुधार परियोजनाका लागि Åयुम पाइपहरु रातो बंगला परिसरमा थुपारेर राखिएको छ ।

असुरक्षित तरिकाले हृयुम पाइप राखिएको कारण दुर्घटना भएको भन्दै छानबिनका लागि दवाव आएपछि गृहमन्त्रालयले घटनाबारे छानबिन गर्न पत्राचार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?