Comments Add Comment

टिका लगाउँदा किन आशिष दिइन्छ ? 

आज विजयदशमी । मान्यजन, आफन्तबाट टिका थाप्ने दिन । निधारमा रातो  (कतिले सेतो) टिका थापेर, जौबाट उमारिएको जमरा पहिरिएर मान्यजनबाट आशिष लिने गरिन्छ । आशिष अर्थात आर्शिवाद । आफ्नो उन्नती, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा ।

हुन त अहिले धेरैले टिका लगाइदिएपनि आशिष (श्लोक बाचन) गर्दैनन् । कतिले यसलाई कष्ठ गरेका हुादैनन्, कतिले यसको भाव बुझेका हुादैनन्, कतिले यसको आवश्यक्ता महसुष गर्दैनन् ।

दशैंमा टिका लगाइदिदै दिने आशिष संस्कृत भाषामा छ । महिला र पुरुषलाई दिइने आशिषमा पनि एकरुपता छैन । आखिर आशिषले के भन्छ ? किन दिइएको ?

यो एउटा संस्कार हो । संस्कार भनेको जीवन पद्दतीलाई डोहोर्‍याउने सर्वोत्तम माध्याम हो । दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन् ।

दशैंमा अक्सर आफुभन्दा ठूला, मान्यजनबाट टिका लगाइन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरुले आफुभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने हो । दशैंको आशीष यसमै आधारित छ ।

टिका लगाउादा दिने आशिष यस्तो छ-

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च

नारायणे॥

ससर्ती सुन्दा यसको अर्थ केलाउन सकिदैन । तर, चार हरफको यो श्लोकले हामीलाई सही ढंगको जीवन बााच्नका लागि उपयुक्त बाटो देखाइदिन्छ । विभिन्न पौराणिक पात्रको विशेषता उल्लेख गर्दै त्यस्तै कुरा प्राप्त गर्न सदिच्छा राखिएको छ, यसमा ।

यसको अर्थ यसप्रकार छ-

द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु हुनु । दशरथ राजाको जस्तो धनसम्पति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशिलता होस् । दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरको जस्तो सत्यवादिता हुनु । विदुरको जस्तो ज्ञान होस् । भगवान नारायणको जस्तो कीति वा प्रशिद्धि होस् ।

यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण छ । टिका जसलाई अक्षता पनि भनिन्छ, दही, चिनी, रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्यभागमा लगाइन्छ । यसरी टिका लगाइदिने निधारको मध्यभागलाई आज्ञा चक्र भनिन्छ । यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ ।

यसको अर्थ के बुझन् सकिन्छ भने ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धी, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हुन् ।

दशैंको टीका

दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ । रातो र सेतो अक्षताको टीका लगाउने चलन छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो शान्ति एवं समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउँछ ।

दशैंको जमरा

दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । जमरा घटस्थापनाको दिन राखिन्छ । यसको आफ्नै विधि छ ।

अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । खासमा भन्ने हो भने जमरा पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment