Comments Add Comment

मेस्सी बिना जित निकाल्न सँगै काम गर्नुपर्छः भालभर्डे

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्डेले लिओनल मेस्सी बिना इन्टरमिलानविरुद्ध जित निकाल्न आफ्नो टिमले सँगै काम गर्नुपर्ने बताएका छन् ।

सेभियाविरुद्ध खेलका क्रममा मेस्सीको हात भाँच्चिएको छ र उनी केही समय मैदान बाहिर हुनेछन् । यही बेला बार्सिलोनाले च्याम्पियन्स लिगमा बुधबार इन्टरमिलानसँग खेल्नु पर्नेछ भने आइतबार ला लिगामा इएल क्लासिको छ ।

‘हामीले मेस्सीको अभाव कमभन्दा कम हुन दिन हामीले सँगै काम गर्नुपर्छ’ उनले भनेका छन् ।

गत सिजन बार्सिलोना क्वार्टरफाइनलमा रोमासँग पराजित भएको थियो । तर, यो सिजन समूह चरणमा टोटनह्याम र पीएसभीलाई हराउँदै सुखद सुरुवात गरेको छ ।

तर, इन्टर मिलानपछि पछिल्लो सात खेलमा अपराजित छ र बुधबार राति घरेलु मैदान नाउक्याम्पमा इन्टर मिलानले दिन सक्ने चुनौतीबारे भालभर्डे सचेत देखिएका छन् ।

इन्टरले कहिल्यै हार नमान्ने र अन्तिम मिनेटमा खेल जित्ने गरेको उनले स्मारण गरे ।

बार्सिलोनाका जोर्डी अल्बाले पनि मेस्सीको अनुपस्थिति ठूलो घाटा भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment