+
+
Shares

धनगढी ब्लुजद्वारा विराटनगर टाइटन्सलाई १८३ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते ११:०४

११ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत भएकाे खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १८३ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा १८२ रन बनाएको हो । धनगढीका लागि पिटर ट्रेगोले अर्धशतकको योगदान गरे ।

३८ रनमा तेस्रो विकेट गुमाएको धनगढीको स्कोर दीपेन्द्र सिंह ऐरी र पिटर ट्रेगोले उकासे । ऐरीले २९ र ट्रेगोले ५३ रन योगदान गरे । ऐरी र ट्रेगोको साझेदारी ६० रनको थियो । पीपीएलमा अर्धशतक हान्ने ट्रेगो चौथो खेलाडी बने ।

धनगढीको शुरुआत खराब रह्यो । उसका ओपनरद्वय सन्दीप सुनार र डेन लरेन्स सस्तैमा गुमे । सुनार ९ र लरेन्स २ रनमा पेभेलियन फर्किएपछि दिलीप नाथ आए । तर उनी पनि चल्न सकेनन् । उनी ८ रनमा आउट भए ।

सौरभ खनालले ४१ रन जोडे । सन्दीप जोराले १२ र मन्जित श्रेष्ठले एक रन बनाए । बलिङतर्फ जितेन्द्र मुखियाले चार विकेट लिए ।

अहिले विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन एचडीले गरिरहेको छ ।

हेर्नुहोस् लाइभ भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?