+
+

८३ हजारले पाए आँखुखोलाको आईपीओ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १४:१८

११ कात्तिक, काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) बाँडबाँड गरिएको छ ।  आइतबार गरिएको बाँडफाँडमा आवेदन दिएका मध्ये ८३ हजार ३ सय १६ जनालो कम्पनीको आईपीओ पाएका छन् ।

आवेदन दिएका मध्येको केहि आवेदकको आवेदन बदर गरिएको र बाँकी सदर भएका सबै आवेदकले सेयर पाएको सेयर निस्काशनकर्ता सिभिल क्यापिटलले जनाएको छ ।

सिभिलका अनुसार आँखुखोलाको आईपीओका लागि प्रक्रिया नपुर्‍याई आवेदन दिएका ६१ जनाको आवेदन रद्ध भएको छ ।

कम्पनीले १३ लाख ७६ हजार २० कित्ता आईपीओ निष्काशन गरेको थियो । आवेदन दिएका ३५ हजार ९ सय १६ आवेदकले १० कित्ता र ४७ हजार ४ सय आवेदकले २० कित्ता शेयर पाएको सिभिल क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?