Comments Add Comment

श्रृङ्खलाबद्ध डकैती र चोरीमा संलग्न कट्टु उर्फ मनिष समातिए

१३ कात्तिक, काठमाडौं । डाँका, चोरी तथा हातहतियार सम्बन्धी घटनामा पटकपटक सजाय भुक्तान गरेका मनिष मानन्धर पुनः पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले ‘कट्टु’ उपनाम भएका उनलाई सोल्टीमोड क्षेत्रबाट पक्राउ गरेको हो ।

परिसरका डिएसपी होमिन्द्र बोगटीका अनुसार मानन्धरलाई ०६५ सालमा कालिमाटी क्षेत्रमा भएको डकौतीको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।

त्यसवेला धारिलो हतियार देखाएर सुन लुटपाट भएको थियो । उनलाई मंगलबारै जिल्ला अदालत, काठमाडौंमा पेश गराउने तयारी छ ।

प्रहरीको रेकर्डअनुसार मानन्धर यसअघि ९ पटकसम्म पक्राउ गरेका छन् । पटकपटक गरेर उनको साथबाट दुई वटा पेस्तोल, एउटा रिभल्वरलगायत बरामद भएको छ ।

उनी ९ पटकमा ७ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment