+
+
Shares

रहिमको दोहोरो शतक, बनाए रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते १४:४५

२६ कात्तिक, काठमाडौं । बंगलादेशका अनुभवी ब्याट्सम्यान मुस्फिकर रहिमले दोहोरो शतक बनाएर कीर्तिमान कायम गरेका छन् ।

जिम्बाब्वेविरुद्धको टेष्ट क्रिकेट सिरिजको दोस्रो खेलमा रहिमले दोहोरो शतक प्रहार गरेका हुन् । उनले २ पटक दोहोरो शतक बनाउने पहिलो विकेट किपर ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशका लागि दोस्रो दिन रहिमले दोहोरो शतक पूरा गरेका हुन् । उनले ४०७ बलको सामना गरी १६ चौका र १ छक्का प्रहार गर्दै दोहोरो शतक बनाएका हुन् । उनकै उत्कृष्ट प्रदर्शनमा बंगलादेशले जिम्बाब्वेमाथि पहिलो इनिङ्समै विशाल स्कोर बनाएको छ ।

रहिमले दोहोरो शतक मात्रै बनाएनन्, बंगलादेशका लागि उनले आफ्नो रेकर्ड पनि राखे । टेष्ट क्रिकेटमा २ पटक दोहोरो शतक बनाउने उनी पहिलो खेलाडी समेत बने । उनले यसअघि श्रीलंकासँग सन् २०१३ मार्च ८ तारिखमा टेष्ट क्रिकेटमा दोहोरो शतक बनाएका थिए । त्यसबेला उनले २०० रन बनाउँदै दोहोरो शतक पूरा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?