+
+
Shares

बसपार्कको गेस्ट हाउसमा शंकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते १७:३५

२६ कात्तिक, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा शंकास्पद वस्तु भेटिएको छ । सोमबार दिउँसो होटल पूर्वेली गेस्ट हाउसको एक कोठामा शंकास्पद वस्तु भेटिएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीका अनुसार त्यहाँ केही पर्चा पनि भेटिएको छ । ‘यो होक्स हो भन्ने हाम्रो प्रारम्भिक अनुमान छ’, उनले अनलाइनखबरसँग भने, ‘यद्यपि, अनुसन्धान गरिरहेका छौं ।’

उनले नेपाली सेनाको टोलीलाई पनि त्यहाँ बोलाइएको जानकारी दिए ।

प्रहरीले घटनलाई नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग जोडेर हेरेको छ । यद्यपि, पुष्टि भइसकेको छैन ।

प्रहरीले बरामद गरेको पर्चामा भने ‘हामी नेपाली, हाम्रो नेपाल’ लगायतका विभिन्न पंक्तिहरु लेखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?