+
+

पर्यटन बोर्डका सीईओ जोशीले पाए अन्तर्राष्ट्रिय अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते ११:३९

२७ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी लण्डनमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।

जोशीलाई ‘ईन्टरनेशनल ईन्स्टीच्युट फर पिस थ्रू टुरीजम’ नामक संस्थाले ‘च्याम्पीयन सीप इन च्यालेन्ज अवार्ड’बाट सम्मान गरेको हो । युएनडब्लुटिओका पुर्व महासचिव डा. टेल रिफाईले उक्त अवार्ड हस्तान्तरण गरे ।

यो अवार्ड नेपालले पहिलो पटक पाएको हो । नेपालसहित जमैकाले पनि अवार्ड पाएको छ ।  ४० देशका करीब ३ सय जना पर्यटन क्षेत्र सँग सरोकार राख्ने देशका प्रतिनिधीहरु कार्यक्रममा सहभागी थिए ।  अर्वाड प्राप्त गरेपछि प्रमुख कार्यकारी अधिकृत जोशीले अर्वाडले आफूलाई जिम्मेवारी वोध गराएको प्रतिक्रिया दिए ।

‘यो अवार्डको हकदार हामी सबै हौं, देश भूकम्पले थिलोथिलो परेपछि निकै चुनौतिपूर्ण बनेको पर्यटन क्षेत्रलाई हामीले चलायनमान बनाइराख्यौं, यसैकारण अवार्ड प्राप्त गर्न सफल भयौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?