+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
५४ बलमा १०० रन आवश्यक
चितवन राइनोज 2025
70/4 (10.6)
Shares

कलंकीको ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा प्रहरी छापा, ४ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते १३:५६

२६ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसरले कलंकीमा रहेको ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा छापा मारेर ४ जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो भारतीय ब्राण्डको हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने नक्कली उद्योगमा छापा मारेर बासप्रसाद र ज्योती विडारीसहित कामदारलाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले छापा मारेर ठूलो परिमाणमा स्याम्पो र मसला बरामद गरिएको बताए ।

‘यहाँ मेसिन नै राखेर भारतीय ब्राण्डको नक्कली स्याम्पो र मसला बनाइँदो रहेछ’, उनले अनलाइनखबरसँग भने, ‘दुई जना घरधनी श्रीमान्–श्रीमती र थप दुई कामदारलाई नियन्त्रणमा लिएका छौं ।’

हाल आफू पनि घटनास्थलमै रहेको बताउँदै लामाले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’ परिसरका डिएसपी होविन्द्र बोगटीले लाखौं मूल्य बराबरको सामानहरु पनि बरामद भएको बताए ।

यसअघि प्रहरीले बालाजुमा रहेको नक्कली गुट्खा उद्योगमा पनि छापा मारेर मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?