+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

श्वेताले कसको मुटुमा शासन गरिन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते ११:२२

स्वेता खड्का नेपाली चलचित्रमा नाम चलेकी नायिका हुन् । ‘कान्छी’ चलचित्र आफैले निर्माण गरेकी स्वेताले बाहिरी ब्यानरको चलचित्रमा भने काम नगर्ने पक्का जस्तै छ । स्वेताले तत्काल अर्को चलचित्र बनाउने संभावना पनि कम छ ।

किनकी, उनी यतिबेला माझी बस्ती निर्माणमा तल्लिन छिन् । माझी बस्तीलाई जसरी पनि निर्माण गरिसक्ने उनको योजना निरन्तर रुपमा अगाडि बढिरहेको छ । उनै स्वेता खड्काको सामाजिक संजाल दैनिक रुपमा केही न केही कुराले भरिएको हुन्छ ।

स्वेताले सामाजिक संजाल फेसबुकमा राखेको एउटा स्टाटसले भने धेरै कुरा बोलेको देखिन्छ । उनले लेखेकी छिन्–‘शासन त म हरेक ठाउँमा गर्छु । मन पराउने मान्छेको मुटुमा, नपराउने मान्छेको दिमागमा ।’स्वेताको यो स्टाटसलाई विभिन्न कोणबाट पनि विश्लेषण गर्न सकिन्छ । स्वेता खड्काले कसको मुटुमा र कसको दिमागमा शासन गरिरहेकी होलिन्, यो भने वुझ्न कठिन छ ।

तर, पनि नायिका खड्काले भने एउटै वाक्यमा धेरै कुरा बोल्न खोजेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?