Comments Add Comment

प्रदिपसँग साम्राज्ञीको जोडी पक्का

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक प्रदिप खड्काको जोडी पहिलो पटक चलचित्रको पर्दामा देखिने भएको छ । यी दुई कलाकारले निर्देशक हेमराज वीसीको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्ने संझौता गरेका छन् । साम्राज्ञीले चलचित्रका लागि महंगो रकम मागेपछि संझौता केही दिन पछाडि धकेलिएको थियो ।

जेठबाट छायांकनमा जाने चलचित्रलाई विदेशी भूमिमा खिचिनेछ । चलचित्रको छायांकन जर्मन, फ्रान्स, स्विजरल्याण्ड, बेल्जियम, इटालीमा गरिनेछ । चलचित्रलाई ३ करोड माथिको बजेटमा निर्माण गर्ने तयारी यसको निर्माणपक्षको छ । चलचित्रलाई ह्याप्पी प्लानेटको तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी र काफिया फिल्मस्को तर्फबाट काफिया शाही र कविरविक्रम शाहीले निर्माण गर्नेछन् ।

चलचित्र ‘छक्का पन्जा २’बाट यी दुई कलाकारले एकसाथ काम गर्ने चर्चा चलेपनि उनीहरुले एकसाथ काम गर्न सकेका थिएनन् । तर, चलचित्र क्षेत्रका दुई स्टार कलाकार पहिलो पटक एकसाथ पर्दामा आउन लागेपछि दर्शकमा पनि उत्साह थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment