+
+
Shares

सन्दीपले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १६:४२

४ मंसिर, काठमाडौं । सन्दीप लामिछानेले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने भएका छन् ।

मंगलबार भएको अक्सनमा लाहोरले सन्दीपलाई बोली लगाएको हो । सन्दीपले न्युनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् ।

नेपाली लेग स्पिनर सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट विदेशी लिगमा खेल्न सुरुवात गरेका थिए । त्यसयता सन्दीपले लगातार विदेशी लिग खेलिरहेका छन् । आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले क्यानेडियन, क्यारिबियन, बिग ब्यास तथा अफगानिस्तानको लिग खेल्न भ्याए ।

सन्दीप लामिछानेसँगै लाहोरको टिममा दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डि भिलियर्स, फखर जमान, मोहम्मद सफिज, यासिर शाह, कार्लोस ब्राथ्वाइट, कोरी एन्डर्सन, एन्टोन डेभ्किच, रहत अली, शाहिन अफ्रिडी, अघा सलमान, सोहिइल अख्तर, हसन खान रहेका छन् ।

यता, पहिलो पटक पाकिस्तान सुपर लिगको ड्राफमा परेका सोमपाल कामीलाई भने कुनै पनि क्लबले लिएनन् । सोमपाल सिल्भर क्याटगरीमा थिए ।

पीएसएल २०१९ को फेब्रुअरी १७ देखि मार्च १७ तारिखसम्म हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?