+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बजेट कार्यान्वयनका लागि सबै उपाय अवलम्बन गरौं : मुख्यमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १८:४४

४ मंसिर, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न सबै मन्त्रालयलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तीन दिनसम्म भएको मन्त्रालयगत चौमासिक प्रगति समीक्षापछि मुख्यमन्त्रीले बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयनका लागि चाहिने डिभिजन, निर्देशनालय, कार्यविधि, निर्देशिका र कर्मचारीको व्यवस्थापन तोकिएको समयसीमाभित्र व्यवस्थापन गर्न मुख्यमन्त्रीले निर्देशन दिएका हुन् ।

डिभिजन र निर्देशनालय स्थापना गर्न बाँकी रहेकालाई तत्काल स्थापना गर्न र त्यहाँ आवश्यक कर्मचारीको पूर्ण रुपमा व्यवस्थापन हुन नसके पनि कार्यालय सञ्चालनको लागि व्यवस्थापनको उपाय अबलम्वन गर्न, कार्यविधि र निर्देशिका बनाउन बाँकी रहेका जति सबै बनाउन मुख्यमन्त्रीले निर्देशन दिएका सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

समीक्षा प्रतिवेदन प्रस्तुत गर्दा मन्त्रालयहरुले बजेट कार्यान्वयनका लागि जनशक्ति र संगठन संरचना व्यवस्थापन नहुँदा समस्या परेको बताएपछि वैकल्पिक उपाय अवलम्बन गरेर भए पनि बजेट कार्यान्वयनको लागि आधारभूत आधार तयार गर्न निर्देशन दिएका हुन् ।

‘अबको चार महिना बजेट कार्यान्वयनको निर्णायक समय हो, बजेट कार्यान्वयनका लागि चाहिने आधारभूत कुरामा अल्झिने हो भने प्रभावकारी काम देखाउन सकिदैन, समस्या समाधानका लागि सबै उपाय अवलम्बन गरौं’ मुख्यमन्त्री पोखरेलको भनाइ उधृत गर्दै मन्त्री चौधरीले भने ।

कुनै योजना, अघि बढाउँदा अन्यौल भए सचिव, मन्त्री नै पुगेर समस्या समाधान गर्न र समाधानको लागि आवश्यक परे मुख्यमन्त्री कार्यालयलाई तत्काल जानकारी दिन पनि पोखरेलले आग्रह गरे ।

मन्त्रालयको सबै रिपोर्ट नियमित प्राप्त गर्ने संयन्त्र बनाउन र त्यो रिपोेर्ट विश्लेषण सहित मुख्यमन्त्री कार्यालयमा पठाउन समेत उनले आग्रह गरे ।

तीन दिनदेखि भएको मन्त्रालयगत समीक्षामा मंगलबार सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समीक्षा रिपोर्ट प्रस्तुत गरेका थिए । समीक्षामा सोमबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा आइतबार भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रगति प्रस्तुत गरेका थिए ।

यो वर्षको बजेट कार्यान्वयनका लागि सबै संयन्त्र बनाएर अघि नबढ्ने हो भने आगामी वर्षको बजेट कार्यान्वयन गर्न पनि समस्या आउने भएकाले मुख्मन्त्रीले सचिव र मन्त्रीहरुको ध्यानाकर्षण गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?