Comments Add Comment

अनमोल र सलिनमानको भिडन्त पक्का

चैत्र २९ गतेको डेटलाई निर्माता सुनिलकुमार थापाले चलचित्र ‘ए मेरो हजुर ३’का लागि पक्का गरेका थिए । यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । यो मितिमा यो चलचित्र नआउने चर्चा समेत चल्ने गर्दछ । झन्, निर्माता केशव भट्टराइले आफू निर्मित चलचित्र ‘यात्रा’को प्रदर्शन मिति पनि चैत्र २९ गतेलाई तोकिदिएपछि २ ठूला ब्यानरका चलचित्रको भिडन्त पक्का भएको छ । चैत्र २९ गते ‘यात्रा’ आउने पक्का भएपछि चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज हुँदैन भन्ने चर्चा समेत चलेको छ ।

तर, चलचित्र ‘ए मेरो हजुर ३’का निर्माता सुनिल कुमार थापाले चैत्र २९ मै आफ्नो चलचित्र आउने बताए । उनले भने–चैत्र २९ गतेबाट हाम्रो चलचित्र पछि हट्यो भने म अबदेखि चलचित्र नै निर्माण गर्दिनँ । चैत्र २९ मा ५ सय प्रतिशत चलचित्र रिलिज हुन्छ ।’

निर्माता थापाको यो भनाइसँगै अब चैत्र २९ गते चलचित्र ‘ए मेरो हजुर ३ र यात्रा’को भिडन्त पक्का भएको छ । ‘ए मेरो हजुर ३’मा नायक अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा छन् । चलचित्र ‘यात्रा’मा सलिनमान बनियाँ र मल्लिका महत्त मुख्य भूमिकामा छन् ।

अब, यो भिडन्तलाई अनमोल र सलिनको स्टारडमको लडाइको रुपमा हेर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment