Comments Add Comment

कैलालीमा मोहम्मद दिवस धुमधामले मनाइयो

५ मंसिर, कैलाली । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सलाह अलै वसल्लमको जन्म जयन्ती मोहम्मद दिवस धनगढीमा पनि धुमधामका साथ मनाइएको छ ।

मुस्लिम समाज सुदूरपश्चिमको आयोजनामा बृहत ¥यालीको आयोजना गरेर मोहम्मद दिवश मनाइएको हो ।

दिवशको उद्घाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले गरेका छन् । मन्त्री शाहले विभिन्न धर्मले सबैलाई एकताको सूत्रमा बाँधेकाले धर्ममा कुनै विभेद नरहेको स्पस्ट पारे ।

इस्लाम धर्मावलम्बीको ठूलो इतिहास रहेको भन्दै मन्त्री शाहले धर्मका कारण विभेद नभई एक धर्म मान्नेले अर्को धर्मको सम्मान समेत गर्नुपर्ने धारण राखे ।

मोहम्मद दिवशको दिन इस्लाम धर्मावलम्बीहरुले खुशी व्यक्त गर्दै मोहम्मदका विभिन्न नारा घन्काउँदै र्‍याली निकाल्ने गरेका छन् । मोहम्मद दिवशले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारा कायम रहने जनविश्वास रहेको छ ।

यस दिन घरका वृद्ध व्यक्तिदेखि बालबालिकासमेत खुशियालीका साथ रमाइलो गर्ने गर्दछन् । विभिन्न मिठा खानेकुरा खानुका साथै मोहम्मद दिवसको अघिल्लो रात जाग्राम बसेर सुखदुख साटासाट गर्ने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment