+
+
Shares

वाइडबडी खरिद प्रकरणः कारबाहीको सिफारिस गर्न सत्तारुढ सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ९ गते १७:३५

९ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा अनियमितता भएको भन्दै सत्तारुढ दलका सांदहरुले कारबाही सिफारिस गर्न माग गरेका छन् ।

लेखा समितिको आइतबार बसेको बैठकमा सत्तारुढ नेकपाका सांसद प्रेम आलेले महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिदमा अनियमतिता भएका ठहर गरिसेकेको र निगमका महाप्रवन्ध सुगतरत्न कंसाकारले समेत महालेखाको प्रतिवेदन सही भएको स्वीकार गरेको भन्दै कारबाहीका लागि सिफारिस हुनुपर्ने बताए ।

नेकपाकै अर्का सांसद अमनलाल मोदीले पनि भ्रष्टाचार भएको छैन कि भन्नुपर्ने अवस्था नभएको भन्दै संलग्न अधिकारीहरुलाई कारबाही हुनुपर्ने बताए । बैठकमा सहभागी अन्य सांसदहरुले समेत कारबाहीको माग राखेका थिए ।

निगमका महाप्रवन्धक कंसाकारले भने वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितता नभएको दाबी गरे । ‘हामीले खरिद गरेको भन्दा सस्तोमा जहाज आउँछ भन्ने पनि कुरा आयो’ उनले भने, ‘हामीले टेण्डर आह्वान गरेर जहाज खरिद गरेका हौं । सस्तोमा दिन्थ्यो भने त्यो कम्पनीले किन टेण्डर हालेन ?’

महानिर्देशक कंसाकारले २४२ टन क्षमताको विमान खरिद गर्ने निर्णय भएको तर, त्यो भन्दा कम क्षमताको विमान खरिद भएको हल्ला पनि निराधार रहेको बताए । उनले विमानको क्षमताबारे निगमले कुनै निर्णय नगरेको प्रष्ट पारे ।

सांसद सूर्य पाठकले ‘के त्यसो भए महालेखा परीक्षकको प्रतिवेदन गलत छ त ? ठोस जवाफ दिनुहोस्’ भने पछि महाप्रवन्धक कंसाकारले महालेखा जस्तो निकायले गलत प्रतिवेदन दिएको आफूले भन्न नसक्ने बताएका छन् ।

लगत्तै सांसदहरुले महानिर्देशकले गल्ती स्वीकार गरेको भन्दै कारबाही सिफारिस हुनुपर्ने धारणा राखेका छन् । तर, लेखा समितिका सभापति भरत शाहले नियम कानून अनुसार चल्ने र अहिले नै कुनै सिफारिस नहुने बताएका छन् । । १२ गते थप छलफल गरेर समिति आवश्यक निर्णयमा पुग्ने उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?