+
+
Shares

अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ९ गते १८:५७

९, मंसिर, गैंडाकोट । नवलपुरको मुकुन्दपुरमा शनिवार विहान बसले ठक्कर दिंदा दुई युवाको मृत्यु भएको बिषयलाई लिएर स्थानीयले अवरुद्ध गराएको पूर्वपश्चिम राजमार्ग साँझ ६ बजेबाट सञ्चालनमा आएको छ ।

गैंडाकोटका स्थानीयहरुले ठक्करदिने बसका चालक नक्कली तयार गरेको भन्दैं चितवन र नवलपुर जोड्ने नारायणि पुल छेउमा टायर बालेर सडक अवरुद्ध पारेका थिए ।
उनीहरुले प्रहरी प्रशासनले नै यातायात व्यवसायीसँग मिलेर नक्कली चालक तयार गरेको भन्दैं नारावाजीसमेत गरेका थिए ।

राजमार्ग अवरुद्ध हुँदा सडकको जाम चितवनतर्फ लायन्स चोकसम्म पुगेको थियो । जीर्ण बनेको नारायणी नदीको पुलमाथिसमेत सवारीसाधानको चाप उत्तिकै थियो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्चार्ज लोकेन्द्र जिसीले सोमबा बसेर छलफल गर्ने गरी  अाइतबारका लागि आन्दोलन रोकिएको जानकारी दिए ।

गैंडाकोट १३ मुकुन्दपुरमा कर्णाली यातायातको ना५ख ३९८७ नम्बरको बसले ना५६प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा गैंडाकोट ८ बस्ने २० वर्षीय अनिल पौडेल र गैडाकोट १ का १९ वर्षीया कृष्ण सापकोटाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?