९ मंसिर, काठमाडौं । इसाई धर्म विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेको सम्मेलनमा नेपाल सरकार सहआयोजकबाट पछि हटेको छ ।
‘द एसिया प्यासिफिक समिट २०१८’ नाम दिइएको कार्यक्रममा नेपाल सररकार सहआयोजक रहेको भन्दै आलोचना भएपछि सरकार सहयोगी भूमिकामा मात्र रहेको हो ।
काठमाडौंमा मंसिर १४ देखि १७ गतेसम्म हुने उक्त कार्यक्रममा युपीएफका संस्थापक फादर मुन (डा. सन म्योङ मुन) कि श्रीमती डा. हाक जा हान मुनलाई ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । उक्त कार्यक्रमबारे युपीएफको वेवसाइटमा राखिएको जानकारीअनुसार नेपाल सरकार सहयोगीको भूमिकामा रहेको छ ।
उक्त कार्यक्रममा नेपाल सहआयोजक रहेको भनी विभिन्न क्षेत्रबाट विरोध भएको थियो । शनिबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकार सम्मेलन नै गरी धार्मिक कार्यक्रममा सरकार सहआयोजक बस्न नमिल्ने भन्दै विरोध जनाएको छ ।
युपीएफ ‘न्यु क्रिस्चियन’ धर्म प्रचारका लागि २००५ मा स्थापना भएको कोरियन संस्था हो । यसको नेपाल अध्यक्ष छन्- पूर्वमन्त्री एकनाथ ढकाल । ढकाल नेपाल परिवार दल खोलेर दुई पटक सांसद र मन्त्री बनेका थिए ।
प्रतिक्रिया 4