Comments Add Comment

बलात्कृत हुनेमा १६ वर्षमुनिका बालिका धेरै

९ मंसिर, काठमाडौं । पछिल्लो एक वर्षमा मात्र एक हजार ७ सय ४१ जना महिला हिंसाबाट पीडित भएको तथ्य सार्वजनिक भएको छ ।

महिला पुनस्थापना केन्द्र (आरेक)ले गत जूनदेखि हालसम्म गरेको अध्ययन अनुसार सबैभन्दा बढी ११ सय ४० जनामाथि घरेलु हिंसा भएको छ भने १३० जनामाथि बलात्कार भएको छ । त्यस्तै ११ चेली बेचिए भने हिंसा सहन नसकेर १० जनाले आत्महत्या गरेको पाइएको छ ।

आरेकले पछिल्लो एक वर्षका महिला हिंसाका घटनालाई समेटेर अन्वेषी नाम पुस्तक प्रकाशन गरेको छ । पुस्तक अनुसार सबैभन्दा बढी हिंसा प्रदेश १ मा भएको छ । प्रदेश एकमा ५९५ जना हिंसाबाट पीडित भएका छन् । प्रदेश २ मा ४६२, ३ मा १०५, ५ मा ४१४, ७ मा १२७, र ६ मा २५ र ४ मा १३ वटा हिंसा भएको अनुसन्धानले देखाएको छ ।

आरेकले घरेलु, सामाजिक, औनिक हिंसा, बलात्कार, बेचविखन र ओसार-पसार, हत्या, आत्महत्या र अन्य हिंसाको अध्ययन गरि प्रकाशन गरेको तथ्यांकलाई देशको पूर्ण विवरण मान्न त सकिँदैन तर, यसले समाजको चरित्रलाई उदांगो पारेको छ ।

हिंसाका एकमुस्ट तथ्यांक रुपमा सार्वजनिक गर्ने सरकारको आधिकारिक निकाय नहुँदा वास्तविक तथ्य वाहिर आउन गाह्रो परिरहेको छ ।

१३० बलात्कृत

यो वर्ष मात्र १३० जनामाथि बलात्कार भएको छ भने ३७ जनालाई बलात्कारको प्रयास गरिएको ओरेकको तथ्यांक देखाउँछ । प्रहरीको तथ्यांकअनुसार गत वर्ष १४ सय ८० जना महिला तथा बालिका बलात्कृत भएका थिए ।

यो वर्ष सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका ६३ प्रतिशत बालिका बलात्कृत भएकी छन् भने ३६ वर्षभन्दा माथि उमेरका महिला ४ प्रतिशत छन् । ओरेकको तथ्यांकले ४६ प्रतिशत वलत्कारको घटना छिमेकीबाट हुने गरेको देखाउँछ । १६ प्रतिशत बलात्कार परिवारकै सदस्यबाट भएको छ । परिचितबाट ५ प्रतिशत बलात्कारका घटना भएका छन् ।

उक्त तथ्यांकले ८८ प्रतशित त साक्षर महिला नै यौन शोषणमा परेको देखाउँछ । स्नातक तहभन्दामाथि अध्ययन गर्ने नै ८ प्रतिशत बलात्कृत भएका छन् ।

तथ्यांकअनुसार २९ प्रतिशत बलत्कारका घटना दिउँसो, २३ प्रतिशत राति र २१ प्रतिशत बिहान भएका छन् ।

सबैभन्दा बढी ६१ प्रतिशत बलात्कार विद्यार्थीमाथि भएको छ भने २२ प्रतिशत घरायसी काम गर्नेमाथि भएको छ । बलात्कृत हुने ४२ प्रतिशतलाई मानसिक र २१ प्रतिशतलाई शारिरिक असर परेको ओरेकको अध्ययनले देखाउँछ ।

ओरेकको अनुसार ७२ जना यौनिक हिंसाको शिकार भएका छन्, जसमा सबैभन्दा बढी ३९ प्रतिशत १७–२५ उमेर समूहका रहेका छन् । महिला हिंसाबाटबाट पनि बसैभन्दा बढी यही उमेर समूहका महिला पीडित हुनु परेको छ ।

शिक्षितमाथि नै हिंसा

७९ प्रतिशत हिंशा साक्षर महिलामाथि भएको अनुसन्धानले देखाएको छ । १३८१ जना साक्षर महिलामाथि हिंसा भएको छ भने २१ प्रतिशत अर्थात ३६० जना हिंसापीडित निरक्षर छन् । माध्यामिक तहमा अध्ययन गर्ने ४०१, स्नातक तह पढ्दै गरेका ५९ र स्नातकोत्तर तथा प्राविधि शिक्षा अध्ययन गरेका २१ जना महिलामाथि हिंसा भएको तथ्यांक छ ।

आफ्नै श्रीमानबाट पीडित

१३४५ जना आर्थात ७५ प्रतिशत हिंसा विवााहित महिलामाथि भएको छ । हिंसा पीडित अन्य २९१ जना महिला निरक्षर छन् ।

सबैभन्दा बढी ६५ प्रतिशत महिला घरेलु हिंसाबाट पीडित भएका छन् । त्यसमध्ये पनि ५३ प्रतिशत महिला त आफ्नै श्रमानबाट हिंसाको पीडित हुनु परेको छ । आफ्नै श्रीमानबाट हिंसा भोगेका ९२९ छन् भने २९८ लाई परिवारको सदस्यले हिंसा गरेका छन् । कम उमेरमै विवाह गर्नेहरुले बढी घरेलु हिंसा भोग्नुपरेको पुस्तकमा उल्लेख छ । त्यस्तै, ५६ प्रतिशत हिंसा घरमा काम गर्ने महिलामा भएको छ ।

गत आवमा मात्र २२ हजार २२५ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा परेको थियो ।

अधिकांशमा मानसिक असर

हिंसाबाट पीडित अधिकांशलाई मानसिक असर परेको ओेरेकको अध्ययनले देखाएको छ । हिंसाबाट पीडित ८८३ जना महिलामा मानसिक असर देखिएको छ । त्यस्तै, ५५२ मा शारीरिक, ९३ मा आर्थिक, ५६ मा सामाजिक र १५७ जनामा सबै खाले असर परेको ओरकेले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment