Comments Add Comment

खानेकुरा पकाएर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ ?

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ? अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याक्ने । अर्को पटक फेरी काम लाग्छ ।’

हामी कुनै खानेकुरा तारेर बाँकी रहेको तेललाई जतनसाथ राख्छौं । अब सोही तेल अर्को खानेकुरा पकाउन उपयुक्त हुन्छ ? कुरा स्वादको होइन । स्वास्थ्यको हो । के भनिन्छ भने, पटक पटक तेल प्रयोग गर्दा त्यो विषाक्त बन्छ ।

के हुन्छ तेलको प्रयोग गर्दा ?

जब हामी कुनै पनि खानेकुरा डिपफ्राई  गर्छौ, सुरुमा त यसले खानालाई डिहाईड्रेट गर्छ । तर पछि यसको रियाक्सन स्वरुप खानाबाट प्रोटिन र कार्बोहाईड्रेट टुक्रिने गर्छ । जसले गर्दा खाना खैरो रङ्गको देखिने गर्छ । त्यतिमात्र हैन, यस प्रकारको खाना पकाउने शैलीले फ्रि र्‍याडिकल्स उत्पन्न गरी यसको पुन प्रयोगले स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्त्याउने गर्छ ।

परिणामस्वरुप, प्रयोग गरिएको तेलको पुन प्रयोगले एथेरोस्केरोसिस हुनसक्छ, जसले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

तेलको प्रकार र तापक्रमको समिश्रण

एक पटक प्रयोग गरिएको तेललाई पुन प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा तेलको प्रकार र तेल कुन तापक्रममा हिट गरएको छ भन्ने कुराले पनि निर्धारण गर्छ ।

विज्ञको सुझाव अनुसार रिफाइन गरिएको तेललाई उच्च तापक्रममा तताउन सकिन्छ । जबकी एक्स्ट्रा भर्जिन आयल, सिसेम आयल लगायत काचो तेललाई धेरै तापक्रममा तताउनु हुँदैन । अन्यथा यस्ता तेलमा खाना पकाउँदा खाना टुक्रिनुका साथै तेलमा अपशिष्ट जम्मा हुन्छ ।

फ्राई गर्ने भाडाँको छनौट

सुन्दा अचम्म लाग्न सक्छ, तर रेष्टुरेन्टमा फ्राई गर्न उपयोग गरिएको तेलको तुलनामा घरमा फ्राई गर्न प्रयोग गरिएको तेल चाँडै खराब हुने गर्छ । यसको मुख्य कारण भनेकै तापक्रम अनियमितता र कस्तो भाडोको प्रयोग गरिएको छ भन्ने प्रमुख हो ।

विशेषगरी, घरमा प्रयोग गरिने भाँडामा खानाका कण भाँडोको सतहमा पुग्ने गर्छ र यस्ता भाडाको सतह छिटो तात्ने हुदाँ यसले तेलको स्वाद बदल्नुका साथै तेललाई विगार्ने गर्छ ।

तेलमा कोटिङ्गको प्रभाव

एक पटक प्रयोग गरिसकेको तेललाई कतिपटक प्रयोग गर्न मिल्छ भन्ने कुरा खानाको प्रकृतिमा पनि भर पर्छ ।

चाडै टुक्रिने खानेकुरा छ भने यसको कण तेलमा  लामो समय तैरिने गर्छ । उदाहरणको लागि ब्रेड क्रम्ब । तेलमा ब्रेड क्रम्बको कण अत्याधिक हुने गर्छ, जसले गर्दा यसलाई पुन प्रयोग गरिने सम्भावना न्युन हुन्छ ।

तेलको आयु बढाउने सजिलो उपाय

तेलको प्रयोग गर्ने सबैभन्दा राम्रो उपाय भनेको आयल थर्मोमिटरको प्रयोग हो । यसको प्रयोगले पुन प्रयोग गर्न तेल योग्य छ कि छैन भनेर थाहा पाउन तथा कुन बेला ग्यासको स्वीच बन्द गर्ने भने जान्न मद्दत गर्छ । यसरी तेलको प्रयोग गर्दा उच्च तापक्रममा प्रयोग गरिएको तेललाई कहिल्यै पनि पुन प्रयोग गर्नु हुँदैन ।

त्यसो भए एक पटक प्रयोग गरेको तेल प्रयोग गर्ने की नगर्ने ?

विज्ञहरुका अनुसार यस्ता तेलको प्रयोग गर्दा त्यसमा भएका खानाका सुक्ष्म कणलाई भाँडाबाट हटाउनुपर्छ ।  त्यतिमात्र , त्यस्तो तेललाई  कम आँचमा पकाउनु पर्छ । यस्ता तेल प्रयोग गर्नु पूर्व यसलाई राम्ररी सिल गरिएको भाडोमा राख्नुपर्छ ।

उक्त तेल बाक्लो, चिल्लो तथा गाढा रङ्गको छ भने त्यस्ता तेलको प्रयोग गर्नु हुँदैन । त्यस्तै, खुला ठाउँमा राखिएको फोहर तथा अशुद्ध तेल प्रयोग गर्नबाट पनि बच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment