Comments Add Comment

संजयको प्रोजेक्टमा प्रियंका, रेड लाइट एरियाको कथामा बन्नेछ फिल्म

नायिका प्रियंका चोपडा गायक निक जोनससँग बिहे गर्दैछिन् । उनीहरुको बिहेको रमझम सुरु भैसकेको छ । नायिका चोपडा हलिउडमा व्यस्त हुँदा केही बर्ष बलिउड चलचित्रबाट टाढा भइन् । तर, अब उनी बलिउडमा आफ्नो दरिलो उपस्थिती जनाउने तयारीमा छिन् । प्रियंका हाल चलचित्र ‘द स्काई इज पिंक’ चलचित्रमा काम गरिरहेकी छिन् । यही विचमा, उनले निर्देशक संजयलिला भन्सालीको नयाँ चलचित्रमा संझौता गरेकी छिन् ।

उनले काम गर्न लागेको चलचित्र गंगुबाई कोठिवालीको जीवनीमा आधारित हुनेछ । मुम्बइको रेड लाइट एरियामा काम गर्ने यूवतीहरुको कथामा भन्सालीले चलचित्र बनाउन लागेका हुन् ।

हुसेन जाइदीले लेखेको पुस्तक ‘माफिया क्विन अफ बम्बे’मा आधारित रहेर यो चलचित्र बन्नेछ । गंगुबाई शक्तिशाली मानिसहरुसँग कनेक्शन भएकी सेक्स वर्कर थिइन् । प्रियंका कहिले पनि वास्तविक जीवनमा आधारित कथामा अभिनय गर्न डराउँदिनन् । लामो समयपछि प्रियंकाले वास्तविक कथामा अभिनय गर्न लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment